२०८३ भाद्र २९ गते सोमवार

जेनजि आन्दोलनमा २० काे मृत्यु, २०० बढी घाइते, गृहमन्त्रीले दिए राजीनामा



जेनजि आन्दोलनमा २० काे मृत्यु, २०० बढी घाइते, गृहमन्त्रीले दिए राजीनामा
कमल कुमार शाही
स्वाभिमान खबर ,भदौ २३ काठमाडौं
काठमाडौं । नयाँ पुस्ताद्वारा सुरु गरिएको जेनजि आन्दोलन शनिबार हिंसात्मक मोड लिँदा कम्तीमा २० जनाको ज्यान गएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। आन्दोलन नियन्त्रणका लागि गरिएको सुरक्षा बलको हस्तक्षेपपछि राजधानीदेखि विभिन्न शहरसम्म तनाव फैलिएको छ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली, अश्रुग्यास र बल प्रयोग भएको आन्दोलनका सहभागीहरूले बताएका छन्। घाइतेमध्ये केहीको २२ जनाको अवस्था गम्भीर रहेको जानकारी पाइएको छ । घाइतेहरु काे राजधानीका विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा उपचार भइरहेको छ। आज भएको आन्दोलन लाई शान्तिपूर्ण हुने अपेक्षा गरिए पनि तेस्तो हुन सकेन एक आन्दोलनमा सहभागी जेन जि का आन्दोलन क्रमिले बताए । आन्दोलनका कारण यातायात, बजार र शैक्षिक संस्था पूर्णरूपमा बन्द रहेका छन्।

आन्दोलनकारीहरूले यो व्यवस्था पुरै असफल भएको बुढा नेताले राम्रोसँग काम गर्न नसकेकाे , युवा लाई विदेश जान बाध्य बनाएको रोजगारी र सुशासनका मागसहित माइतीघर मण्डलादेखि सिंहदरबारसम्म जुलुस निकालेका थिए। आन्दोलनको दौरान धेरै स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड भएको र प्रहरीले सयौंलाई नियन्त्रणमा लिएको पनि जानकारी गराइएको छ।

उता, घटनापछि तीव्र आलोचना र चर्को राजनीतिक दबाब झेलिरहेका गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा पत्र प्रधानमन्त्री केपि शर्मा वलीलाई बुुझाएकाे जानकारी सरकरी स्रोतले दिएकाे छ । राजीनामा पत्रमा उनले आन्दोलन शान्तिपूर्ण रुपमा सम्बोधन गर्न नसकेको जिम्मेवारी स्विकार गर्दै सरकार भित्र र पार्टी बाट चक्राे विरोध भए पछि नैतिकताको आधारमा प्रधानमन्त्रीलाई पत्र बुझाएका छन्।

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाउँदै परिस्थितिलाई नियन्त्रणमा लिन तत्कालीन कदमहरू चाल्ने बताएका छन्। विपक्षी दलहरूले घटनाको निष्पक्ष छानबिन प्रधानमन्त्रीकाे राजिनामा मागेको छ मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन्। मानवअधिकार वादीले आन्दोलन स्थलमा अनुगमन गर्दा जेनजी पुस्तालाई अति अनावश्यक वल प्रयोग गरेको र उनलाई झन उतेजित बनाउने कार्य भएको बताएको छ ।
यसबीच, राष्ट्रपति, नागरिक समाज र मानवअधिकार संगठनहरूले आन्दोलन शान्तिपूर्ण समाधान गर्न दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार