पाँच वर्षे रणनीतिक योजना निर्माणका लागि फ्रेमवर्क तयार गर्ने मध्यपश्चिम विश्वविद्यालयको निर्णय
कमल कुमार शाही
स्वाभिमान खबर, भाद्र १६, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालय पाँच वर्षे रणनीतिक योजना निर्माण समितिको दोस्रो पूर्ण बैठक सोमवार वीरेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठकले विश्वविद्यालयको मूलभूत उद्देश्य पूरा गर्दै समयअनुकूल वैज्ञानिक र वस्तुवादी रणनीति निर्माण गर्ने गरी योजना निर्माणको फ्रेमवर्क तयार पार्ने निर्णय गरेको छ।
बैठक योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक तथा पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा. विष्णुकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।

बैठकमा विज्ञ सदस्यका हैसियतमा सहभागी योजना विकास तथा अनुगमन निर्देशनालयका पूर्व कार्यकारी निर्देशक प्रा. डा. चन्द्रप्रसाद रिजालले विगतका प्रयासको समीक्षा गर्दै भावी योजनाबारे सुझाव दिनुभयो। त्यस्तै समितिका सदस्य उपप्रा. ऋषि खनाल, उपप्रा. डा. रेशमबहादुर विष्ट, उपप्रा. डा. प्रेमकुमारी ढकाल, उपप्रा. डा. अनुप बस्नेत क्षेत्री, उपप्रा. ललितजंग शाही, उपप्रा. कमलराज लम्साल र उपप्रा. अनिल गुरुङले आफ्ना-आफ्ना विशेषज्ञता अनुसार राय प्रस्तुत गर्दै विश्वविद्यालयको समग्र रणनीतिक योजना निर्माणमा सक्रिय योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकको समापन गर्दै संयोजक डा. खड्काले सदस्यहरुले प्रस्तुत गरेका सुझावलाई समष्टिगत रुपमा सम्बोधन गर्दै योजना निर्माणको प्रक्रिया प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनुभयो।
यस अवसरमा विश्वविद्यालयका प्रशासन अधिकृत शेरबहादुर केसी र लेखा अधिकृत रचना विष्टले बैठकमा प्रस्तुत गरिएका राय तथा पृष्ठपोषण टिपोट गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्