२०८३ असार ५ गते शुक्रवार

कर्णालीमा प्रगतिशील प्राध्यापक संगठनको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन



कर्णालीमा प्रगतिशील प्राध्यापक संगठनको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन
कमल कुमार शाही
स्वाभिमान खबर ,भदौ १३ सुर्खेत

सुर्खेत , वीरेन्द्रनगर । नेपाल प्रगतिशील प्राध्यापक संगठन कर्णाली प्रदेश कमिटीको दोस्रो ऐतिहासिक अधिवेशन सुर्खेतमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल र संगठनका केन्द्रीय अध्यक्ष सह–प्रा. डा. पद्म प्रसाद खतिवडाले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति र वीरेन्द्रनगर नगरपालिकाकी मेयर मनमाया ढकालसहित अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कंडेलले कर्णालीको शिक्षा क्षेत्रलाई जनमुखी, गुणस्तरीय र अनुसन्धानमुखी बनाउन प्राध्यापकहरूको सक्रियताले विशेष योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, अध्यक्ष खतिवडाले संगठनलाई शैक्षिक सुधार र सामाजिक रूपान्तरणको प्रमुख आधारका रूपमा सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई सर्वसम्मत रूपमा चयन गरेको छ।

नव– निर्वाचित पदाधिकारीहरू यसप्रकार छन् —

अध्यक्ष : डबल बहादुर बुढा
उपाध्यक्ष : दीपेन्द्र कुमार खत्री
सचिव : भीम बहादुर रोकाया
सह–सचिव : बालकृष्ण बीसी
कोषाध्यक्ष : फुलमती खराल

सदस्यहरू : नारायण ढकाल, ताराकेसर रावत, हरिकृष्ण थापा, प्रविन भुसाल, कल्पना पौडेल, डिल्लीराम भण्डारी, वीरेन्द्र बुढा र गोविन्द भट्टराई

नव–निर्वाचित समितिलाई सहभागीहरूले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अधिवेशनमा प्राध्यापकहरूको पेशागत अधिकार, शैक्षिक गुणस्तर, अनुसन्धान प्रवर्द्धन र संगठन सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विस्तृत छलफल भएको आयोजकले जानकारी दिएको छ।

यससँगै कर्णाली प्रदेशमा प्रगतिशील प्राध्यापक संगठनको दोस्रो ऐतिहासिक अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका केही तस्बिरहरू

प्रकाशित मिति : २०८२ भाद्र १३ गते शुक्रवार