२०८३ साउन १६ गते शनिवार

चौरपाटी गाउँपालिकाको ४७ करोड बढीको बजेट: कृषि, पूर्वाधार र शिक्षा प्राथमिकतामा



चौरपाटी गाउँपालिकाको ४७ करोड बढीको बजेट: कृषि, पूर्वाधार र शिक्षा प्राथमिकतामा

कमल कुमार शाही

स्वाभिमान खबर , असार १० अछाम

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४७ करोड १० लाख २५ हजार ६ सय ४८ रुपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको सातौँ अधिवेशनमा वडा नम्बर ५ का वडा अध्यक्ष हेमकर्ण खड्काले बजेट प्रस्तुत गरेका हुन्।

बजेटमार्फत कृषि क्षेत्रको व्यवसायीकरण, भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, खानेपानी, खेलकुद, पर्यटन र संस्कृति क्षेत्रलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले जानकारी दिए।

बजेटको स्रोत विवरण यसप्रकार छः

संघीय सरकारको वित्तीय समानीकरण अनुदान: रु. २ करोड २२ लाख

प्रदेश सरकारबाट समानीकरण अनुदान: रु. १ लाख ३४ हजार

राजस्व बाँडफाँट (संघ): रु. १० करोड १८ लाख ६९ हजार

राजस्व बाँडफाँट (प्रदेश): रु. ३४ लाख ६२ हजार

सशर्त अनुदान (संघ): रु. २० करोड ८९ लाख

सशर्त अनुदान (प्रदेश): रु. ८० लाख

समपूरक अनुदान (संघ): रु. १ करोड

समपूरक अनुदान (प्रदेश): रु. १ करोड २६ लाख

विशेष अनुदान (संघ): रु. ६९ लाख

विशेष अनुदान (प्रदेश): रु. ७५ लाख

आन्तरिक स्रोत: रु. ८१ लाख ५१ हजार

वैदेशिक सहयोग (WAC Nepal): रु. ३३ लाख

विषयगत शाखा अनुसार बजेट विनियोजनः

चालु खर्च: रु. ९ करोड २४ लाख २५ हजार

वडा विकास कार्यक्रम: रु. २ करोड १९ लाख ५० हजार

वडास्तरीय चालु खर्च: रु. ४२ लाख

शिक्षा शाखा: रु. २ करोड ७५ लाख ३७ हजार

स्वास्थ्य शाखा: रु. २ करोड १० लाख

महिला, बालबालिका तथा लक्षित वर्ग: रु. १५ लाख ४५ हजार

कृषि विकास शाखा: रु. १३ लाख ३३ हजार

पशु सेवा शाखा: रु. ७ लाख ५० हजार

अध्यक्ष साउँदका अनुसार, आगामी वर्ष वडागत विकास निर्माण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित कुल रु. २ करोड ६१ लाख ५० हजार विनियोजन गरिएको छ। यसमध्ये विकास निर्माणका लागि रु. २ करोड १९ लाख ५० हजार र चालु खर्चतर्फ रु. ४२ लाख विनियोजन गरिएको छ।

गाउँपालिकाले प्राथमिक क्षेत्रको पहिचान गर्दै स्रोत साधनको अधिकतम उपयोग, समावेशी विकास र सेवा प्रवाहमा पारदर्शिता कायम राख्नेगरी बजेट कार्यान्वयन गरिने जनाएको छ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार