२०८३ जेष्ठ १४ गते बिहिवार

युवाको भविष्यका लागि सिप, उद्यम र रोजगारी : सुर्खेतमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न



युवाको भविष्यका लागि सिप, उद्यम र रोजगारी : सुर्खेतमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न

कमल कुमार शाही
स्वाभिमान खबर, सुर्खेत, असार ७ ।
“युवाका लागि अबको निकास : उद्यमशीलता, रोजगारी र सिप विकास” भन्ने नाराका साथ सुर्खेतमा सम्पन्न युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२ मा कर्णाली प्रदेश सरकारका तर्फबाट युवाका लागि भइरहेको कार्यक्रम र योजनाहरूको जानकारी दिइएको छ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद नेपालको आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षता, कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यता तथा प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति विन्दमान विष्टको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै सहभागी प्रतिनिधिले उद्यमशीलता विकासका लागि कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत अगाडि सारेका विभिन्न कार्यक्रमको जानकारी गराएका थिए। ती कार्यक्रमहरूमा मुख्यतया निम्न उल्लेखनीय कार्यहरू छन् :

१. औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन
२. उत्पादन प्रशिक्षार्थी कार्यक्रमका लागि पाठ्यक्रम निर्माण
३. सीप विकास कार्यक्रम अन्तर्गत सीप परीक्षण
४. उद्यम विकास कार्यक्रम (MEDPA) पालिकासँग सहकार्यमा सञ्चालन
५. औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको

कार्यक्रमका क्रममा आगामी असार १८ गते वीरेन्द्रनगरमा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना गरिने जानकारी पनि दिइयो। सो मेलाबाट युवाहरूलाई रोजगारका अवसर, सिप तालिम, तथा उद्यमशीलताको वातावरणबारे प्रत्यक्ष जानकारी र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा सहभागी वक्ताहरूले प्रदेशका युवाहरूलाई रोजगारी सिर्जना र आत्मनिर्भर बनाउने यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकाय र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रम का केही तस्बिरहरू

प्रकाशित मिति : २०८२ असार ७ गते शनिवार