‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यको लागि योग’ नारासहित ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर काठमाडौं, असार ७ ।
‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यको लागि योग’ (Yoga for One Earth, One Health) भन्ने मूल नारासहित ११औं अन्तर्राष्ट्रिय योग दिवस देश तथा विदेशमा विभिन्न कार्यक्रममार्फत भव्य रूपमा मनाइँदैछ। शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यका लागि योगको महत्वलाई स्मरण गराउने उद्देश्यले हरेक वर्ष जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ।
अन्तर्राष्ट्रिय योग दिवसको सुनौलो अवसरमा, प्रधानमन्त्री केपी शर्मा वलीले आफ्नो समाजिक संञ्जाल फेस्बुक एकाउन्ट मा प्रधानमन्त्रीकाे तर्फबाट एक शुभकामना सन्देश जारी गर्दै आज ११ अौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सहभागिता जनाउने अवसर प्राप्त भयो । शरीर, मन र आत्माको समन्वयमार्फत् जीवनलाई सन्तुलित, स्वस्थ र शान्त बनाउने योग परम्परा मानव सभ्यताको अनुपम देन हो।
यस पवित्र अभ्यासमार्फत् हामी केवल व्यक्तिगत आरोग्य मात्र होइन, समग्र सामाजिक चेतनालाई पनि समृद्ध बनाउँछौं।
यस दिवसले हामी सबैमा स्वास्थ्य, शान्ति र सकारात्मकताको सन्देश फैलाओस् भन्ने शुभकामना।
ले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण योगप्रेमी, साधक र नागरिकहरूलाई दैनिक योग अभ्यासमार्फत स्वस्थ जीवनशैली अपनाउन आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो — “स्वस्थ शरीरमै स्वस्थ मन बस्ने भएकाले योग अभ्यास जीवनको अनिवार्य अंग हुनुपर्छ। सबैले नियमित योग गरौं, स्वस्थ र सकारात्मक बनौं।”
संयुक्त राष्ट्रसंघले सन् २०१४ मा भारतको पहलमा अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेको हो। त्यसयता हरेक वर्ष जुन २१ मा विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ। नेपालमा पनि विगतका वर्षहरूमा जस्तै सरकारी तथा गैरसरकारी संस्था, योग केन्द्र, विद्यालय तथा समुदायस्तरमा योग कक्षा, प्रशिक्षण र चेतना कार्यक्रमहरू आयोजना हुँदै आएका छन्।
विशेषगरी कोरोना महामारीपछिको जीवनशैली परिवर्तन, तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक क्षमताको वृद्धिमा योगको प्रभावकारिता थप प्रमाणित हुँदै आएको छ। यस पृष्ठभूमिमा यस वर्षको नारा ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यको लागि योग’ले व्यक्तिगत स्वास्थ्यसँगै वातावरणीय सन्तुलन र समष्टिगत कल्याणप्रति पनि गम्भीर सन्देश दिएको छ।
अन्तमा शुभकामना सन्देशमा भनिएको छ — “हामी सबैले योगलाई आफ्नो दैनिकीमा समावेश गरौं, आफ्नै लागि पनि, समाज र पृथ्वीका लागि पनि ।













प्रतिक्रिया दिनुहोस्