शिक्षा विधेयकका १४५ दफामा सहमति, उपसमिति शनिबार पनि छलफलमा व्यस्त
कमल कुमार शाही
स्वाभिमान खबर ,चैत ३०
काठमाडौं । शिक्षा विधेयकका विभिन्न प्रावधानमा जारी विवादका बीच संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले उल्लेखनीय प्रगति गरेको छ। १६३ दफा रहेको विधेयकमध्ये १४५ दफामा सहमति जुटेको उपसमितिले जनाएको छ।
शिक्षकहरुले विधेयकविरुद्ध सडक आन्दोलन चर्काएपछि उपसमिति शनिबार पनि दिनभर छलफलमा जुटेको थियो। बैठकमा विधेयकका बाँकी विवादास्पद दफाहरूमा समेत सहमतिको प्रयास जारी रहेको जनाइएको छ।
बैठकमा सहभागी सांसदहरू, सरोकारवाला तथा सरोकारविहीन पक्षहरूसँग विस्तृत छलफल गर्दै विधेयकलाई सबै पक्षको हितमा पारदर्शी ढंगले अघि बढाउने प्रयास भइरहेको बताइएको छ।
उपसमितिका एक सदस्यले भने, “हामीले अधिकांश विषयमा सहमति जुटाएका छौं। अब बाँकी केही प्रावधानमा पनि सहमति गराएर विधेयक छिट्टै संसदमा पेश गर्ने तयारीमा छौं।”
शिक्षा विधेयक लामो समयदेखि अलमलमा परेकोमा सहमतिको यो प्रगति सकारात्मक मानिएको छ।













प्रतिक्रिया दिनुहोस्