मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन: नेपाल विद्यार्थी संघको प्यानलै विजय
स्वाभिमान खबर, चैत २०
कमल कुमार शाही
सुर्खेत, चैत १९ – मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८० चैत १८ गते शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचन परिणाम अनुसार नेपााल विद्यार्थी संघको सम्पुर्ण प्यानलले बहुमत सहित विजय हासिल गरेको छ।
निर्वाचनमा अध्यक्ष पदमा नेपाल विद्यार्थी संघका विवेक खड्का निर्वाचित भएका छन्। उनले ११८८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका जगतजंग शाहीले ९०८ मत प्राप्त गरे। त्यस्तै, अखिल क्रान्तिकारीका प्रकाश बि क ले २७५ मत प्राप्त गरे , स्वतन्त्र उम्मेदवार मिलन बि सिले २३१ मत प्राप्त गरेका छन् तेसै गरि अखिल (समाजवादी) चिन बहादुर सहकारीले १०० मत प्राप्त गरेका छन् भने नेपाल क्रान्तिकारी विद्यार्थी संघकी अस्मिता सुनारले १६ मत प्राप्त गरेकी छन् ।
अन्य पदहरू सचिवमा नेपाल विद्यार्थी संघ प्यानलका उम्मेदवार भुपेन्द्र आचार्य विजय भएका छन् । उनले सचिव पदमा १३९६ मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका भुपेन्द्र भण्डारीले ७०९ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष पदमा नेविसंघ प्यानलका लोक प्रसाद रिजाल १२५५ मत प्राप्त गरेर कोषाध्यक्ष पदमा विजय भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका बिक्रम सिंह मन्दिरले ८९३ मत प्राप्त गरेका छन् । सदस्यहरुमा नेविसंघ प्यानलकी प्रतिक्षा थापा सर्वाधिक १४९१ लोक प्रिय मत ल्याएर विजयी भएकी छन् सदस्यमा गणेश थापा १२७५ , निसान्त शाही १२७८प्रकाश सिंह १२१९ , बिक्रम कुमार थापा १३२३ बिष्णुराज सिंह १३३४ , र शिवराज ढकालले १२३३ मत ल्याएर सदस्य पदमा विजय भएका छन्।
निर्वाचनको लागि ४,३८३ जना विद्यार्थीको मतदान नामावली प्रकाशन भएको मा २८६३ प्रत्यक्ष तर्फ र समानुपातिक २८६१ मत खसेको थियो। मतगणना प्रक्रिया निर्वाचन समितिले निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गरेको निर्वाचन अधिकृत खगेन्द्र अधिकारी ले बताएका छन् । विजयी प्यानलका सदस्यहरूले अब विद्यार्थी अधिकार र क्याम्पस सुधारका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। यो भन्दा अगाडि पनि नेविसंघका झक शाही सभापति पदमा विजय भएका थिए अहिले नेविसंघले आफ्नो पुरानो विरासत कायम राखेकाे छ ।
मतपरिणाम।















प्रतिक्रिया दिनुहोस्