२०८३ भाद्र २९ गते सोमवार

राप्रपाले चैत २६ बैशाख ७ गतेको आन्दोलनको कार्यक्रममा उच्च मनोवलका साथ तयारीमा जुटनहुन कार्यकर्तालाई अपिल



राप्रपाले चैत २६ बैशाख ७ गतेको आन्दोलनको कार्यक्रममा उच्च मनोवलका साथ तयारीमा जुटनहुन कार्यकर्तालाई अपिल

स्वाभिमान खबर १६ चैत,
देपेन्द्र बहादुर शाही
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणा गरेको आगामी चैत २६ गते र वैशाख ७ गतेको प्रदर्शन तथा आन्दोलनमा उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्तिलाई अपिल गरेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र जनसमुदायलाई अपिल गरेको हो ।

‘पूर्वघोषित चैत २६ गते काठमाण्डौंमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा बैशाख ७ गते हुने राजधानी केन्द्रीत आन्दोलनको उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्ति र समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र आम जनसमुदायलाई राप्रपा हार्दिक अपिल गर्दछ,’ राप्रपाको शनिबारको निर्णयमा भनिएको छ ।

त्यस्तै, शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनामाको सत्य तथ्य छानबिन को माग गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई जबरजस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्य गरेको भन्दै निन्दा व्यक्त गरेको छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार