२०८३ साउन १५ गते शुक्रवार

राजावादी आन्दोलन का १७ जना लाई प्रहरीले पक्राऊ गर्यो



राजावादी आन्दोलन का १७ जना लाई प्रहरीले पक्राऊ गर्यो
स्वाभिमान खबर, चैत १५
देपेन्द्र बहादुर शाही

काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राजावादी आन्दोलन का १७ जना लाई प्रहरीले पक्राऊ गरेको छ। पक्राउ पर्नेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ, स्वागत नेपाललाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार