राजावादीकाे आन्दोलनमा एक पत्रकार सहित दुई जनाको मृत्यु
स्वाभिमान खबर, चैत १५
देपेन्द्र बहादुर शाही
आज काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै आयोजित प्रदर्शन हिंसात्मक बनेको छ। राजावादीकाे आन्दोलनमा एक पत्रकार सहित दुई जनाको मृत्यु भएको छ। तीनकुने क्षेत्रमा भएको यस प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ, जसमा एक पत्रकार पनि छन्।
प्रदर्शनकारीहरूले प्रहरीको अवरोध तोड्न खोज्दा स्थिति बिग्रिएको थियो। प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठीचार्ज प्रयोग गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्यो।
यस क्रममा प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा रहेका व्यापारिक भवनहरूमा तोडफोड र आगजनी गरेका छन्।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि सरकारले काठमाडौंका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
प्रदर्शनकारीहरूको संयुक्त जनआन्दोलन समितिले सरकारले दमन गरेको आरोप लगाउँदै सर्वपक्षीय वार्ताको आह्वान गरेको छ।
यस घटनाले काठमाडौंको स्थिति तनावपूर्ण बनाएको छ, र सुरक्षा व्यवस्था कडा पारिएको छ।













प्रतिक्रिया दिनुहोस्