२०८३ भाद्र २८ गते आइतवार

आहा रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानले जित्यो



आहा रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानले जित्यो
स्वाभिमान खबर , फागुन ३
कमल कुमार शाही

पाेखरा।६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई हराउँदै आहा रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सले जितेको छ । पोखरा रंगशालामा आज भएको २४ अौं फाइनल खेलमा पुलिसलाई ३-१ गोलले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो । पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाचौँ पटक उपविजेतामा सिमित बनेको छ।

खेलको ४०औं मिनेटमा कप्तान जाखोनगिर अख्मादोभको गोलमा ब्ल्याक बुल्सले पहिलो अग्रता लिएको थियो । ५९औं ब्ल्याक बुल्सका असिलबेक ओरिफजोनोभले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । ६६औं मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेपछि अग्रता तेब्बर भएको थियो ।

पुलिसका उज्ज्वल राईले खेलको ७४औं मिनेटमा एक गोल फर्काए । अट्याकिङ एरियाबाट हानेको फ्री किक गोलमा परिणत भएको थियो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स च्याम्पियन बन्यो । उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख १ हजार र पुलिस क्लबले ६ लाख १ हजार रुपैयाँमा प्राप्त गर्यो।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार