२०८३ भाद्र २८ गते आइतवार

दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा मध्यपश्चिम विश्वविद्यालय दुई स्वर्ण र तिन रजत पदक जित्न सफल



दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा मध्यपश्चिम विश्वविद्यालय दुई स्वर्ण र तिन रजत पदक जित्न सफल

स्वाभिमान खबर ,माघ २४
कमल कुमार शाही

सुर्खेत ।​​ दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा मध्यपश्चिम विश्वविद्यालय दुई स्वर्ण र तिन रजत पदक जित्न सफल भएको छ ।पाेखरामा  राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा मध्यपश्चिम विश्वविद्यालयले नेपालको राष्ट्रिय खेल पुरुष भलिबल प्रतियोगिता र महिला ४०० मिटर दौडमा गरी दुई वटा स्वर्ण पदक तथा महिला ८०० मिटर दौड, पुरुष ८०० मिटर दौड र महिला लंङजम्पमा गरी तीन रजत पदक प्राप्त गर्न सफल भएको हाे ।

पोखरा रंगशालामा २०८१ माघ २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा सहभागी नेपालका विभिन्न नौ विश्वविद्यालय मध्ये मध्यपश्चिम विश्वविद्यालयले तेस्रो स्थान कायम गर्न सफल भएको थियो  ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिज्यू, रजिष्ट्रारज्यू एवं डीनज्यूहरुको अभिभावकत्व एवं साथ/सहयोगमा विश्वविद्यालयले खेल क्षेत्रमा उल्लेख्य सफलता हासिल गरिरहेको छ भने विश्वविद्यालयका तर्फ बाट विद्यार्थी हित, खेलकुद तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक तेजबिक्रम बस्नेतज्यूले खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुका माध्यमबाट विश्वविद्यालयलाई राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा यसको साख उच्च बनाउन आगामी दिनहरुमा थप सक्रियता सहित आगाडी बढ्ने जनाउनुभएको छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार