२०८३ भाद्र २९ गते सोमवार

जय नेपाल कप मध्यपश्चिम विश्वविद्यालयले लखनउ विश्वविद्यालयलाई ५८ रनले हराउँदै फाइनल उपाधि जित्यो



जय नेपाल कप मध्यपश्चिम विश्वविद्यालयले लखनउ विश्वविद्यालयलाई ५८ रनले हराउँदै फाइनल उपाधि जित्यो

स्वाभिमान खबर माघ १५ , काठमाडौं
देपेन्द्र बहादुर शाही
जय नेपाल कप मध्यपश्चिम विश्वविद्यालयले लखनउ विश्वविद्यालयलाई ५८ रनले हराउँदै फाइनल उपाधि जितेकाे छ ।
मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप अन्तरविश्वविद्यालय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको हाे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको फाइनल खेलमा मध्यपश्चिमले भारतको लखनऊ विश्वविद्यालयलाई ५८ रनले पराजित गरेको थियो ।

पहिले ब्याटिङ गरेको मध्यपश्चिमले ६ विकेटको क्षतिमा १७५ रन बनायो। दिवान पुनले ३६ बलमा ५८ रन र विपिन खत्रीले २८ बलमा नटआउट ५९ रनको योगदान दिए। १७६ रनको लक्ष्य पछ्याउने क्रममा लखनऊले २० ओभरमा ९ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो। लखनऊका ओपनर मनन कान्डपालले ५८ रन बनाए पनि अन्य ब्याटरहरू प्रभावहीन रहे। मध्यपश्चिमका दिवान पुनले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने राजकुमार शाहले २ विकेट हात पारे।

यस प्रतियोगितामा तीन देशका आठ विश्वविद्यालयले सहभागिता जनाएका थिए। विजेता मध्यपश्चिम विश्वविद्यालयले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता लखनऊ विश्वविद्यालयले १० लाख रुपैयाँ हात पार्‍यो।

यसअघि, सेमिफाइनलमा मध्यपश्चिमले त्रिभुवन विश्वविद्यालयलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आयोजनामा भएको यो प्रतियोगिता जलवायु परिवर्तनको मुद्दालाई प्रवर्द्धन र ग्रासरुट क्रिकेटको विकासका लागि आयोजना गरिएको थियो।

 

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार