२०८३ साउन १३ गते बुधवार

राप्रपा सुर्खेतले हिन्दुराज्यकाे माग गर्दै ३०३ अौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनायो



राप्रपा सुर्खेतले हिन्दुराज्यकाे माग गर्दै ३०३ अौं पृथ्वी जयन्ती तथा  राष्ट्रिय एकता दिवस मनायो

स्वाभिमान खबर पौष २७ , सुर्खेत
कमल कुमार शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले हिन्दुराज्यकाे माग गर्दै ३०३ अौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । सनिवार सुर्खेतको वीरेन्द्रनगरमा मंगल गण्ढी चौकबाट बाँजा गाजा सहित सुरु भएको र्याली बिच बजार परिक्रमा गरि वीरेन्द्र चौक मा ओपचारिक कार्यक्रम आयोजना गरिएको थियोे ।

कार्यक्रम का प्रमुख अतिथि मुकुन्द श्याम गिरिले पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतीक भएको बताउनुभयो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरकै कारण आज सम्पूर्ण नेपाली हामी विश्व सामु नेपाली भनी चिनिएको पनि बताउनुभयो । पृथ्वीनारायण शाहले सानै उमेरमा धेरै ठूलो अदम्य साहस गरेर आफ्नो कलिलो उमेरमा ज्यान गुमाउनुपरेको स्मरण गराउनुभयाे । पृथ्वीनारायण शाहले आफ्नो ज्यानको बलिदान दिएर बनाएको नेपालका सम्पूर्ण नेपाली नागरिकले उहाँ प्रति उच्च समान गर्नुपर्ने पनि धारणा राख्नुभयाे । नेता गिरीले देश निर्माण गर्ने व्यक्तिलाई गणतन्त्रका नेताले बिर्सेकाे पनि आराेप लगाउनुभयाे ।

सनातन हिन्दू धर्म विश्वकाे सबैभन्दा पुरानो धर्म भएको कार्यक्रममा उपस्थित स्वामिले बताउनुभयो । राष्ट्रिय झन्डा र देश सबैको साझा हाे उहाँले बताउनुभयो । उहाँले सम्पूर्ण नेपाली एक भए र राष्ट्रिय स्वाधीनता काे र सनातन हिन्दु धर्मको रक्षा गर्नुपर्ने सुझाव दिनुभयो ।

ठकुरी समाज सुर्खेतका अध्यक्ष तथा राप्रपा का केन्द्रीय सदस्य भद्र बहादुर शाहीले समाज र राष्ट्र लाई विभिन्न बाहनामा विभाजन गर्ने तत्वहरु हावी भएको यसबाट हामीले सचेत हुनुपर्ने बताउनुभयो । अर्का अतिथि दिप बहादुर शाहीले सम्पूर्ण नेपाली लाई एकताबद्ध हुनुपर्ने संदेश दिनुभयो । उहाँले नेपालमा संबैधानिक राजा छिटै आउने पनि जिकिर गर्नुभयो ।

क्याम्पस प्रमुख बलभद्र भारतीले अहिले काे सरकारले देशलाई परनिर्भर बनाएको आराेप लगाउनु भयो उहाँले गणतन्त्रका नेता संग देश विकास गर्ने योजना नभएको पनि बताउनुभयो । साे अवसरमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सुर्खेतका २१ जना कार्यकर्ताले रक्तदान पनि गरेका थिए ।

राप्रपाले नेपालमा संबैधानिक राजतन्त्र र हिन्दुराज्य काे माग गर्दै आइरहेको छ । राप्रपा प्रति नेपाली जनताको काे पछिल्लो समय आकर्षण बढेको देखिन्छ ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार