नेकपा अछामले २१ बालबालिकलाई न्यानो लुगा दिएर पार्टी पुर्नगठन दिवस मनायो
मंसिर ७ अछाम
नेपाल कम्युनिस्ट पार्टी अछामले २१ बालबालिकालाई न्यानो लुगा दिएर पार्टी पुर्नगठन दिवस मनाएको छ ।
अछाम पार्टीले मंसिर ८ गते पार्टी पुर्नगठन भएको ११ औँ बर्ष पुगेको अवसरमा अछाम जिल्ला सदरमुकाम स्थित श्री षोडशा देवी माध्यमिक विधालय मंगलसेनमा अध्ययनरत १५ जना अभिभावक बिहिन तथा ६ जना दृष्टिबिहिन गरि २१ जना बालबालिकालाई न्यानो लुगा वितरण गरेको हाे । चिसो मौसममा बालबालिकाले न्यानो लुगा पाउदा खु सी भएका छन ।
लुगा वितरण कार्यक्रम जिल्ला सचीव निरक सी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी, ने क पा केन्द्रिय सदस्य जिल्ला इन्चार्ज मिना सी , अतिथी श्री षोडशा मा बि का प्र.अ बृकेश बोगटी ,अखिल (समाजवादी)का केन्द्रिय सदस्य दिपेन्द्र सी , अखिल (समाजवादी) का केन्द्रिय सदस्य एकेन्द्र सी रहनुभएको थियो ।
पार्टीले देशभर पार्टी पुर्नगठन दिवस विविध कार्यक्रम गरि मनाउँदै छ । काठमाडौंमा हजारौंको उपस्थितिमा विशाल जनसभा आयोजना गरिएको छ उक्त कार्यक्रमलाई पार्टी महासचिव नेत्र बिक्रम सी पार्टी प्रवक्ता प्रकाण्ड सी लगायत शिरष नेताले सम्वाेधन गर्ने छन।
न्यानो कपडा वितरण कार्यक्रममा पार्टी कार्यकर्ता शिक्षक अभिभावक अध्ययनरत विद्यार्थीहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन ने क पा का जिल्ला समिति सदस्य तपेन्द्र सी ले गर्नु भएको थियो !













प्रतिक्रिया दिनुहोस्