मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रारज्यूको स्वागत तथा पदभार कार्यक्रम सम्पन्न
कार्तिक २८ सुर्खेत
मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यूको स्वागत तथा पदभार कार्यक्रम सम्पन्न भएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम, सेवा आयोगका अध्यक्ष एवं सदस्य, विभिन्न ग्र्याजुएट स्कूलका डीनहरु तथा कार्यकारी निर्देशकज्यूहर प्राध्यापक विद्यार्थीहरुकाे उपस्थितिमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रम बीच स्वागत तथा पदभारग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्नुहुदै नवनियुक्त रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले आफ्नो कर्मभूमिको रुपमा रहेको कर्णाली प्रदेश तथा मध्यपश्चिम क्षेत्रमा विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी सहित आउन पाउँदा आफु खुशी भएको र विश्वविद्यालयको हितका लागी सदैव क्रियाशील रहने कुरा व्यक्त गर्नुभएको थियो भने सरोकारवाला सम्पूर्णलाई सहकार्यका लागि आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रममा विश्वविद्यालयमा कार्यरत विभिन्न तहका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी लगायत उपस्थित महानुभावहरुले नवनियुक्त रजिष्ट्रार प्रा. डा. कँडेलज्यूलाई स्वागत तथा बधाई ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रसाशन अधिकृत दिनेश गौतमले गर्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्