२०८३ साउन १२ गते मङ्गलवार

पंञ्चदेवल विनायक नगरपालिका जनप्रतिनिधि र कर्मचारी काे कारण सेवाग्राही मर्कामा नगर कार्यालयमा नेकपा अछामले अनिश्चितकालीन तालाबन्दी लगायाे



पंञ्चदेवल विनायक नगरपालिका जनप्रतिनिधि र कर्मचारी काे कारण सेवाग्राही मर्कामा नगर कार्यालयमा नेकपा अछामले अनिश्चितकालीन तालाबन्दी

असाेज १० , अछाम
कमल शाही
पंञ्चदेवल विनायक नगरपालिका जनप्रतिनिधि र कर्मचारी काे कारण सेवाग्राही मर्कामा परेको छन । सेवाग्राहीलाई मर्कामा परेको भन्दै असाेज १० गते बिहीबार नेपाल कम्युनिस्ट पार्टी अछामले नगरपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

आर्थिक बर्ष सकिए र चालू बर्षका तीन चार महिना जाँदा पनि नगरीपालीका जनप्रतिनिधि र कर्मचारी कार्यालयमा हाजिरी नभएको भन्दै नेकपा अछामले आफुुले तालाबन्दी गर्नुको १३ वटा विविध कारण सार्वजनिक गर्दै तालाबन्दी गरिएको नेकपा जिल्ला सेक्रेटरी सर्जन सिंह थामी चटान सीले जानकारी दिनुभयो ।

नगरपालिकामा प्रशासनिक प्रमुखको रुपमा साे नगरपालिकाका स्थानीय पदम माझी आए पछि नगरपालिकाकि जनप्रतिनिधि मेयर अम्बिका चलाउने र माझी बिच उतपन परिस्थिति ले अहिलेसम्म नगरपालिका काे नियमित कामकाज हुनसकेकाे छैन ।

यस नगरपालिका कि मेयरले माझीलाई यो नगरपालिकामा पहिला आएर प्रशासनिक काम राम्रो नगरेको आराेप लगाउने गरेकी छन ।

नेकपा अछामले जनप्रतिनिधि र कर्मचारीले नगरपालिकालाई आआफ्नो निजी स्वार्थपूरा गर्ने माध्यम बनाएको आराेप लगाएको छ। नगरपालिकालाई मेयरले कर्मचारी भर्नाको नाममा आफ्ना पार्टीका कार्यकर्ता र नातागोताका लाई भर्ती गर्ने गरेको , नगरपालिका बाहिर आएका विभिन्न काण्ड र अनियमितता , अनुदानको नामा भएको अनियमितता ,सेवा सुविधाको नामा भएको करोडौं दुरुपयोग गरेको , दशै तिहार काे मुखमा पनि भत्ता तथा तलव नदिएकाे बजेट उत्पादन क्षेत्रमा लगानी नगरेकाे लगायतका आराेप नेकपा अछामले सार्वजनिक गरेको १३ बुदामा समावेश गरेको छ ।

नगरपालिका बासीले नेपाली कङग्रस पार्टीबाट महिला युवा नेतृलाई बिजय गराए पनि नगरबासीले चाहेअनुसार काम नगरेको नगरबासीले दुखेसो राख्ने गरेका छन ।

नेकपा अछामलेे नगरपालिका तालाबन्दी गर्नुका १३ बुदाहरु

 

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार