२०८३ साउन १२ गते मङ्गलवार

कर्णाली समाजवादी मञ्चको अन्तरक्रिया कार्यक्रम सम्पन्न



कर्णाली समाजवादी मञ्चको अन्तरक्रिया कार्यक्रम सम्पन्न
भदौ ३१ , सुर्खेत

कर्णाली समाजवादी मञ्चको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजवाद र संविधान संसाेधन बिषयकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । साेमबार जिल्ला समन्वयको सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अध्यक्षता कर्णाली समाजवाद मञ्चका अध्यक्ष रणदिप सीले गरेका हुन ।

कार्यक्रमकाे प्रमुख अतिथि कर्ण बुढाथोकी सुशील सीले समाजवाद र संबिधान संसाेधन बिषयकाे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले नेपालमा ३१ बर्षमा ३० पटक केन्द्र सरकार परिवर्तन भएको तर देशले स्थिरता नपाएको आराेप लगाउनु भएको छ । यदि संविधान संसाेधन गर्ने हाे भने समाजवाद प्राप्त गर्नेकाे लागि र समाजवादकाे उदेश्य पूरा गर्नुपर्ने धारणा राख्नुभयाे । संविधान देशको आवश्यकता जनताको चाहना र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अग्रगामी रुपान्तरण काे लागि संसाेधन गरि संविधानकाे अपुग्ता लाई पूरा गर्नुपर्ने बिचार राख्नुभयाे ।

अर्का अतिथि एकीकृत समाजवादी का केन्द्रीय सदस्यीय बसन्त बि कले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख संविधानकाे उपलब्धि समेत गुम्ने चिन्ता व्यक्त गर्नुभयो । कम्युनिस्ट पार्टी एकतालाई जाेड दिदै कम्युनिस्ट बिच तालमेल नमिलेकाे कारण पश्चगामी शक्तिहरु सल्लबलाएकाे बताउदै समाजवाद प्राप्तिका लागि कम्युनिस्ट पार्टी बिच एकता हुनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र कि पुर्ब मन्त्री तथा माननीय सांसद दुर्गा बि कले संसदीय व्यवस्थामा आफू मन्त्री हुदा भाेगेका अनुभव सुनाउनुभयो ।   अन्तक्रिर्या कार्यक्रममा विद्यार्थी युवा पत्रकार , बुद्धिजीवी लगायतको उपस्थितिमा भएको कार्यक्रम  काे संचालन नेकपाका जिल्ला सेक्रेटरी जित सीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार