२०८३ भाद्र २९ गते सोमवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेख बहादुर महरा नियुक्त



लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेख बहादुर महरा नियुक्त
२३चैत्र ,सुर्खेत
लुम्बिनी प्रदेशको मुख्यमन्त्री जाेख बहादुर महरा नियुक्त भएका छन । महरा नेकपा माओवादी केन्द्र का संसदीय दलका सदस्य हुन ।उनलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नियुक्ति गरेका हुन ।

मुख्यमन्त्री महराले दुईभन्दा बढी दलकाे समर्थनमा ४८ संसदहरुकाे हस्ताक्षर मा मुख्यमन्त्रीमा दाबीसमेत पेश गरेका थिए । उनललाई माओवादीका १०, एमालेका २९, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एसका एक र स्वतन्त्रका एक गरी ४८ प्रदेश सभा सदस्यहरुले समर्थ गरेका छन्

केन्द्रमा एमाले सहितको सता गठबन्धन भए पछि प्रदेशका मुख्यमन्त्री समेत परिवर्तन भएका हुन । यहाँ भन्दा अगाडि लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा माननीय डिल्ली बहादुर चौधरी रहेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार