२०८३ भाद्र ३० गते मङ्गलवार

प्रमुख जिल्ला अधिकारीलाई सुर्खेतमा समाजवादी माेर्चा नेपालले ध्यानाकर्षण पत्र बुझायो



प्रमुख जिल्ला अधिकारीलाई सुर्खेतमा समाजवादी माेर्चा नेपालले ध्यानाकर्षण पत्र बुझायो
१५ चैत्र , सुर्खेत
सुर्खेतका प्रमुख जिल्ला अधिकारीलाई समाजवादी माेर्चा नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ । बिकास निर्माणका योजनामा प्रसासनिक ढिलासुस्ती ,आर्थिक अनियमितता तथा जनसरोकारका बिषय उठाउदै चार राजनीतिक दल सम्मिलित माेर्चाले ध्यानाकर्षण पत्र बुझाएको हाे ।

माेर्चामा नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादी , जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टी काे संयुक्त समाजवादी माेर्चा नेपाल सहभागी रहेको छ ।सुर्खेत स्थिति समाजवादी माेर्चाका संयाेजक जित बहादुर राना काे अध्यक्षता मा चैत्र १४ गते बसेकाे बैठकले साे निर्णय गरेको हाे ।

ध्यानाकर्षण पत्रमा भनिएको छ सुर्खेतमा रहेको भेरी बंबई डाईभर्सन राष्ट्रिय गौरवको याेजनामा देखिएको सुस्तता, मदन भण्डारी राजर्माग अन्तरगत वडडीचौर खम्बागाडे सडक खण्ड , वीरेन्द्रनगरकाे मंगल गढी चोक देखि काँक्रेविहार सडक खण्ड लगायतका सडकमा भएको ढिलासुस्ती लाई सम्बन्धित जिम्मेवार पक्ष संग छलफल गरि योजना समयमानै सम्पन्न गर्न पत्रमा उल्लेख गरिएको छ  ।

पत्र यस्तो रहेको छ

 

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार