२०८३ भाद्र ३१ गते बुधवार

रुखबाट खसेर अछाममा एक युवकको मृत्युु



रुखबाट खसेर अछाममा एक युवकको मृत्युु
असार १५ , अछाम
रुखबाट खसेर एक युवकको मृत्युु भएको छ । अछाम जिल्ला पंञ्चदेवल नगरपालिका – ८, बारला बाेरागाउँ विजपुर निवासी अन्दाजी बर्ष ४८ का अमर बहादुर शाहीको दिउँस ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बारलाका इन्चार्जले जानकारी दिनुभएको हाे ।

उहाँको मृत्यु बाख्रालाई रुख काटदा रुखबाट खसेर भएको हाे । पहाडमा घर परिवार चलाउन कृषि पशुपालन प्रमुख पेसाकाे रुपमा आम नागरिकले यो पेसा गरिरहेको छन ।

आर्थिक समस्याको समाधान गर्न बेरोजगार किसानले बाख्रा पालन गर्ने गरेको छन यहि बाख्रा काे लागि रुख काटन रुखमा जादाँ शाहीको अकालमा नै ज्यान गएकाे छ ।

पहाडमा बाख्रा तथा पशुचौपाया लाई घाँस काटन रुखमा जाँदा रुखबाट खसेर अकाल्मै धेरैले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार