कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मौसम फेरबदलकाे सम्भावना रहेको छ
स्वाभिमान खबर , चैत २८
कमल कुमार शाही
सुर्खेत । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मौसम फेरबदलकाे सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ अहिले बिहानको समयमा चिसोकाे अनुभुती भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
यो समयमा सुखा घडेरीका कारण देशका विभिन्न भागहरुमा तापक्रम वृद्धिकाे सम्भावना रहेकाेले सुख्खापन , आगलागी तथा वायुप्रदुषण बढ्न सक्ने सम्भावना रहन्छ । नागरिकहरुलाई मौसम पूर्वानुमान लाई ध्यानमा राखि आवश्यक सतर्कता अपनाउन तथा सुरक्षित रहन महाशाखाले आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्