२०८३ साउन १३ गते बुधवार

नेकपा ले नयाँ प्रथम सी स्मृति दिवस मनायो ।



नेकपा ले नयाँ प्रथम सी स्मृति दिवस मनायो ।

असोज २५

नेपाल कम्युनिस्ट पार्टीले असाेज २५ गते देशभरि सी प्रथम स्मृति दिवस मनाएको छ। नेपाल कम्युनिस्ट पार्टीको ९ अौ महाधिवेशन बाट नयाँ सी संस्कृतिको सृर्जना गरेको छ। नयाँ सि जात संस्कृति र संस्कार अनुरूप दिवगत आफन्तकाे सम्झनामा असोज २५ लाई मृत आफन्तजन स्मृति दिवस मनाएको छ । नेपाल कम्युनिस्ट पार्टीले पुरातनवादी अथवा परम्परागत संस्कृतिको सट्टामा नयाँ संस्कृतिको बिकास गरेको छ ।सामाजिक सांस्कृतिक पक्षलाई नयाँ तरिकाबाट अवलम्बन गर्नमा नेकपा ले जाेड दिएको छ ।
यसै अन्तरगत पश्चिम कपिलवस्तु जिल्ला ले आफ्नो मृत आफन्तजन हरुको फोटो टासिंएको प्लेकार्ड बनाई र्‍याली का साथ नेकपा को केन्द्रिय कार्यलयमा एक अपौचारिक कार्यक्रमका बीच भब्य स्मृति दिवस मनाएको र सयौं को उपस्थिति भएकाे छ भने सुर्खेत जिल्ला पार्टीले पार्टी कार्यलयमा मृतक आफन्तजन स्मृति दिवस मनाएको छ यस्तै गरि देशभरि बिबिध कार्यक्रम गरेर दिवस मनाएको छ ।पछिल्लो समय पुजिवादका कारण सामाजिक सासंस्कृतिक पक्ष बढी खर्चिलो र अवैज्ञानिक भएको नेकपा काे निरकर्ष छ ।यसले सामाजिक सम्बन्ध काे समय जन्म ,बिवाहा र मृत्यु काे समयमा के र कसरी गर्ने सबै नयाँ तरिका अपनाइएको छ। जन्म मा सि जन्म उत्सव , बिवाहा मा प्रगतिशिल सि बिवाहा र मृत्युमा सि स्मृति दिवसको रुपमा मनाउने गरेको छ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार