घरबाट नगद र गरगहना सहित बेपत्ता: गोपाल बि.ककी पत्नी धनमाया बि.कको खोजीमा चिन्तित परिवार
गाेविन्द रावत
स्वाभिमान खबर साउन १७ वीरेन्द्रनगर, सुर्खेत
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा, बेहुराघारी टोलबाट एक महिला घरबाट अचानक बेपत्ता भएपछि परिवारमा ठूलो चिन्ता र अन्योलको अवस्था देखिएको छ। बुवा पउमले बि.क र आमा हिरा बि.ककी छोरी तथा गोपाल बि.ककी पत्नी धनमाया बि.क २०८२ साल साउन १४ गते शनिबार बिहान ठिक ६ बजेतिर आफ्नै घरबाट नगद र गरगहना सहित निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन सकेकी छैनन्।
अन्दाजी ३१ वर्षीया धनमाया बि.क बिना कुनै जानकारी घरबाट हिँडेपछि परिवार आत्तिएको छ। उनका श्रीमान् गोपाल बि.कका अनुसार घरमा रहेको केही नगद रकम र सुनचाँदीका गरगहना समेत लिएर उनी बाहिरिएकी हुन्। त्यसयता उनी कहाँ गईन् भन्ने कुनै जानकारी नआएको परिवारले जनाएको छ।
“उनी यति लामो समयसम्म सम्पर्कविहीन हुँदा हामी अत्यन्तै चिन्तित छौं। हामीले सम्भव भएका सबै ठाउँमा खोजी गरेका छौं, तर अहिलेसम्म केही पत्ता लागेको छैन,” भन्दै श्रीमान गोपाल बि.क भन्छन्। वृद्ध आमाबाबु र साना बालबालिकाको अनुहारमा निरन्तर चिन्ता र आशंका देखिएको छ।
परिवारले स्थानीय प्रहरी कार्यालयमा निवेदन दिएको छ र देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई धनमाया बि.कलाई कतै देखेमा वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा वा तलको सम्पर्कमा खबर गर्न आग्रह गरेको छ।
सम्पर्क व्यक्ति:
गोपाल बि.क
मोबाइल: ९७६९८२९४८०













प्रतिक्रिया दिनुहोस्