२०८३ भाद्र २९ गते सोमवार

नेपालको शिक्षा प्रणाली बिग्रिनुकाे कारण राजनीतिक हस्तक्षेप हाे । चिन सी



नेपालको  शिक्षा प्रणाली बिग्रिनुकाे कारण राजनीतिक हस्तक्षेप हुनु हाे

१४ चैत्र ,सुर्खेत

नेपालको शिक्षा प्रणाली बिग्रिनुमा मुख्य कारण अति राजनीतिक हस्तक्षेप हुनु हो। जबसम्म नेपालमा राजनीतिक स्थिरता र शैक्षिक क्षेत्रमा राजनीतिको अन्त्य हुदैन , तबसम्म देशमा शैक्षिक स्तर उन्नति सम्भव छैन।
जस्तो कि त्रिभुवन विश्वविद्यालयको भर्खरै मात्रै बाहिरिएको उत्तरपुस्तिका हराएको सम्बन्धी सूचना अनुसार नेपालको विश्वविद्यालय गैर जिम्मेवार छ भने नेपाल सरकार पनि उत्तिकै गैर जिम्मेवार रहेको छ। त्यसैले अबको नेपालको शिक्षा सुधारको लागि युवा पुस्ताले सोच्ने होइन भने शिक्षा प्रणालीकाे गुणस्तर यो भन्दा पनि नाजुक अवस्था सिर्जना हुने छ ।देशको शिक्षा प्रणाली कमजोर भयो भने राज्यका सम्पूर्ण निकायहरु कमजोर हुन्छन।
त्यसैले विश्वविद्यालयमा विद्यार्थीको सङ्ख्या घट्नु ,विश्वविद्यालय गैरजिम्मेवार हुनु, राज्य नै गैर जिम्मेवार हुनु भनेको शैक्षिक अवस्था नाजुक हुँदै जानु हो। यही शिक्षाका कारण नेपाली विद्यार्थीहरूले नेपालमा आफ्नो भविष्य नदेखेर दिनहु बिदेश पलायन भईरहेका छन ।
मुख्यतया देशका ठूलाठूला नेताहरू र मन्त्री खाइसकेका नेताहरूका छोराछोरी विदेशमा पढ्नु र आफ्ना छोराछोरीहरुलाई निजी स्कुलमा भर्ना गरी निजि शिक्षालाई प्राथमिकतामा लैजानु नै मुख्य दोष रहेको छ ।नेपालको कानुन बनाउने संसदमा कानुन संशोधन गर्ने सांसदका छोराछोरी अध्यायनकै लागि विदेश पठाउनाले सरकारी स्कुल ध्वस्त हुँदै गएका छन।सरकारी स्कुल कलेजहरु ध्वस्त हुँदै जानू राज्यकै गैरजिम्मेवारपन हो ।

नेपालका सरकारी स्कुल कलेज र विश्वविद्यालयहरू केवल नाममा मात्र सीमित भए जो कि विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा आफ्नो भविष्य नदेखेर विदेशिनु पर्ने त्यसैले नेपालको राज्य प्रणाली सँगै शिक्षा नीति परिवर्तन नभएसम्म यही शिक्षा अनुसार चलिरह्यो भने उत्तरपुस्तिका हराउनु त सामान्य कुरा हो यो भन्दा भयानक अवस्था जो कि विश्वविद्यालयमा भएका विद्यार्थीको संख्या शून्य अवस्थामा पुग्ने छ। यो अवस्था आउन नदिन सम्पुर्ण प्रगतिशील युवा विद्यार्थीले एकताको नारा लगाउदै ,समाजवादी शिक्षा प्रणाली स्थापनाको लागि सदैव सडक तताउन तिर लाग्नु पर्छ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार