२०८३ भाद्र ३० गते मङ्गलवार

स्कारपियो दुर्घटना, चालकको मृत्यु‍‍‍‍‍‍‍‍‍‍‍‍‍



 स्कारपियो दुर्घटना, चालकको मृत्यु‍‍‍‍‍‍‍‍‍‍‍‍‍

ओखलढुंगा । ओखलढुंगामा स्कारपियो दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्क तर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिई जाँदै गरेको बा.२० च ४८६२ नम्बरको
स्कारपियो गाडी दुर्घटना हुँदा चालक मोरङ घर भएका २६ वर्षीय गणेश रसाईलीको घट्नास्थलमै मृत्यु भएको हो ।

गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय फिट तल खसेर  दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । गाडीमा सवार ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको सामुदायिक मिसन अस्पतालमा उपचारको भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि
काठमाडौँतर्फ पठाइएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार