२०८३ भाद्र ३० गते मङ्गलवार

जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्



महान् जनयुद्धको २९ औँ वार्षिकोत्सवको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूप्रति स्मरणसहित उच्च सम्मान र घाइते योद्धाहरूमा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गर्दछु।

महान् जनयुद्धले साहस, वीरता र उत्सर्गको त्यो रगतको मसि छालाको कफि हड्डी को कलमले लतपतियको इतिहास लेखिएको दिन नेपाली श्रमिक जनता जागेको दिन क्रान्तिको बिगुल फुकेको दिन, हजारौं योद्धाहरुको बलिदानको गाथा बिरताको कथा ले भरिएको दिन महान जनयुद्धको रक्षा प्रयोग र बिकास गरौं । २९ औ जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण देशबिदेशमा रहनु हुने आम जनसमुदाय मा सहिद बेपत्ता घाइते परिवार हरुमा क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको थियो। जनयुद्धको जगमा युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ।

जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्। नेपाल कम्युनिस्ट पार्टी ले एकीकृत जनक्रान्तिको नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो। तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु।

जनयुद्धको २९ औँ वार्षिकोत्सवको अवसरमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिमा होमिएको छ। यस एकीकृत जनक्रान्तिले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र सुदृढ तुल्याउँदै नेपाली बिशेषता को समाजवादी क्रान्तिको नेतृत्व गर्न र जनताको ब्यावस्था बैज्ञानिक समाजवाद स्थापना योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास छ। अन्त्यमा, जनयुद्ध दिवसको अवसरमा फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ । धन्यवाद।
मिति स् २०८० फागुन १ गते
सागर सी
केन्द्रीय सदस्य तथा रसुवा जिल्ला ईन्चार्ज
नेपाल कम्युनिस्ट पार्टी

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार