नेपाल कम्युनिष्ट पार्टी को सहायक संगठन युवा संगठन नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
५ असोज , सुर्खेत
केन्द्रीय कार्यक्रम अनुसार आज नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले रक्तदान नै जिवन दान भन्ने मुल नाराका साथ देशभरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनले देशभर विरामीको चाप वढेको र रगत अभाव हुन थालेको खवरले त्यसप्रति गम्भीर हुदै आफ्नो संगठनका युवाहरुले रक्तदान गरेको जनाएको छ सुर्खेत को कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दिनेश सी ले पुँजिवादको कारण ले मानविय सेवा कल्याण हराउँदै गएको हुनाले गरिब जनताले रगत अभाव को कारण जिवन गुमाउन नपरोस र युवा मा मानविय सेवा भाव जगााउन यो रचनात्मक कार्यक्रम को आयोजना गरेको बताएका छन्। युवा संगठन ले रक्तदान कार्यक्रम आयोजना गरेको मा रेडक्रस सुर्खेत शाखा कार्यालय प्रमुख ले आयोजक सस्थालाई धन्यवाद दिनुभयो।
सुर्खेतमा भएको रक्तदान कार्यक्रममा नेकपाका मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक,सी,युवा संगठन नेपालका केन्द्रीय निवर्तमान उपाध्यक्ष दिनेश सी,सुर्खेत जिल्ला सेक्रेटरी जित र सुर्खेत जिल्ला रेडक्रस सोसाइटी का प्रमुख को समन्वयमा उपस्थित युवाहरुले रक्तदान गरेका छन ।
सुर्खेतको प्रदेश अस्पतालमा भएको रक्तदान कार्यक्रममा १७,वाँकेको कोहलपुर मेडिकल कलेजमा भएको रक्तदान कार्यक्रममा २५ र कैलालीको घोडाघोडीमा भएको रक्तदान कार्यक्रममा १६ जना गरी जम्मा ५८ जनाले रक्तदान गरेका छन । सवै ठाँउमा गरिएको रक्तानबाट ५८ प्रिन्ट रगत जम्मा भएको छ ।
यस्तै बाँके जिल्लामा भएको रक्तदान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रणदिप सी,सेक्रेटरी कल्पना सी,युवा संगठन नेपालका केन्द्रीय सदस्य दिपक सी लगायतका युवाहरुले रक्तदान गरेका छन ।
कैलालीमा पनि संगठनका केन्द्रीय नेता देखि जिल्ला तहका युवाहरुले रक्तदान गरेका छन । “एकीकृत जनक्रान्ति जिन्दावाद,वैज्ञानिक समाजवाद जिन्दावाद,रक्तदान जीवनदान” भन्ने नारा सहित युवा संगठन नेपालले रक्तदान गरेको संगठनले जनाएको छ ।
दान गरिएको रगत गरिव निमुखा तथा रगत अभावले छट्पटिएका विरामीहरुलाई दिनेछ ।
संगठनले आफ्नो पाँचौ राष्ट्रिय सम्मेलन समेत नजिक आएकाले रक्तदान कार्यक्रम गरी रचनात्मक काम गरेको जनाएको छ । रक्तदान कार्यक्रम प्रति सर्वसाधारण तथा स्वास्थ्यकर्मीहरुले सकरात्मक रुपमा लिएका छन ।
तीन वटै जिल्लामा रेडक्रस नेपालको सहयोगमा रक्तदान गरिएको युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सी ले जनाएका छन ।
कार्यक्रम को संचालन युवा संगठन का केन्द्रिय सदस्य मिनेस सीले गर्नुभएको थियो।














प्रतिक्रिया दिनुहोस्