२०८३ भाद्र २७ गते शनिवार

जनपत्रकार संगठन कर्णाली प्रदेशद्धारा क्रियाशिल पत्रकारहरुको सदस्यता कायम गर्न ६ बुदे माग सहीत महासंघलाई बुझायो ज्ञापनपत्र



 जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिले पत्रकारिता पेशामा क्रियाशिल पत्रकारहरुको नयाँ सदस्यता काम गर्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिसंग माग गरेको छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटालाई मंगलवार जनपत्रकार संगठनका कर्णाली प्रदेशको संयोजन गरिरहेका केन्द्रीय सदस्य कर्ण विश्वकर्माद्धारा हस्ताक्षरित ६ बुँदे ज्ञापन–पत्र संगठनका केन्द्रीय सदस्य अशोक कुमार शाही र रण वहादुर विष्ले बुझाउदै यस्तो माग गरेका हुन ।
जनपत्रकार संगठनले बुझाएको ज्ञापन–पत्रमा नेपाल पत्रकार महासंघ सबै पत्रकाहरुको छाता संगठन भएको भन्दै महासंघ साझा र निष्पक्ष हुन सुझाव दिदै विभेदकारी व्यवहार बन्द गरी वास्तविक र पत्रकारिता गरिरहेका नयाँ पत्रकारहरुको सदस्यता जिल्लाबाट पठाए बमोजिम नै कायम गर्न माग गरिएको छ
https://youtu.be/66W0NqoR0ww?si=VeXEu6W9-2Z_zykz
यस्तै ज्ञापन–पत्रमा संगठनले प्रदेश कार्यालयमा नाम सिफारिस भएका कतिपय नयाँ सदस्यको आवेदन केन्द्रमा नपठाईएकोमा आपत्ति जनाउदै नामहरु यथाशिघ्र केन्द्रमा सिफारिस गर्न प्रदेश महासंघ समक्ष माग गरेको छ ।
जनपत्रकार संगठनले ज्ञापनपत्रमा भनेको छ “विशेषगरी,कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट जनपत्रकार संगठन नेपालका केही साथीहरुले नयाँ सदस्यताका लागि आवेदन भरेको र ति आवेदनहरु पत्रकार महासंघको जिल्ला शाखाबाट सिफारिस भई प्रदेश कार्यालयमा पुगेका छन ।
तर प्रदेश कार्यालय सम्म पुगेका कतिपय सिफारिसका नामहरु हटाईएको पाईएकाले तिनी साथीहरुका नामहरु तुरुन्त केन्द्रमा सिफारिस गर्न माग गर्दछौ ।”
संगठनले आवश्यक प्रक्रिया पुर्याएर जिल्लामा आवेदन दिएका आफ्नो संगठनका साथीहरुको नामहरु पनि प्रदेश कार्यालय सम्म सिफारिस नगरिएको गम्भीर ध्यानाकर्षण गराउदै यसमा महासंघको प्रदेश कार्यालयलाई पहल गर्न गनुरोध गरिएको छ ।
संगठनले महासंघद्धारा पीडित पत्रकारका समस्याहरुको सामाधान गर्न लाग्नुपर्ने, लोककल्याणकारी विज्ञापन महासंघ मार्फत सबै मिडिया हाउसले पाउने व्यवस्था गरिनु पर्ने, महासंघको आर्थिक कारोबारो प्रदेश स्तरका सबै पार्टी निकट आस्था राख्ने पेशागत पत्रकार संगठनका प्रमुख सम्म जानकारी दिनु पर्ने र पत्रकारको क्षमता विकासमा लागि गरिने तालिममा जनपत्रकारलाई सहभागी गराईनु पर्ने लगायतका मागहरु राखेको छ ।
सो क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष देवकोटाले मागहरु सकरात्मक भएको भन्दै आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार