२०८३ भाद्र ३१ गते बुधवार

घरमा आगलागी हुदा सुतिरहेका चार जनाकाे मृत्यु एक जना गम्भीर घाइते



 

घरमा आगलागी हुदा सुतिरहेका चार जनाकाे मृत्यु एक जना गम्भीर घाइते

अशाेक

सनिवार ९
बर्दिया

बर्दियाकाे गुलरिया नगरपालिका ४ तुलापुर स्थित एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएकाे छ।

तुलापुर ४ मा भरत चन्दकाे घरमा शुक्रबार राति ११ बजे तिर घरमा आगलागी हुदा सुतिरहेका ७ बर्षिय कृष चन्द १८ महिना का बालक कार्तिक चन्द ३६ बर्षिय राधा बुढा १०बर्षिय बालक मानषि बुढकाकाे मृत्यु भयाे हाे ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालका अनुसा जलेर गम्भिर घाइते २७ वर्षिय करिस्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको र घटनाको अनुसन्धानकाे लागि प्रहरीकाे एक टाेलि घटना स्थलमा पुगिसकेकाे जनकारि दिएका छन।

स्थानियवासीका अनुसार घर बाहिर तसलामा आगो बालेर आगाे तापेको र पछि तसला संगै आगोको गोल घरभित्र ल्याइ राखि घरका सवै सुतेकाे अवस्थामा आगलागी भएको हुन सक्ने बताएका छन।

आगलागी कसरी भएकाे भनेर जिल्ला प्रहरी कार्यलयमा जानकारि माग्दा घटनाकाे छानबिन गरि सके पछि मात्रै भन्न सकिने असई माधव खतिवडालेबताएका छन ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार