कमल शाही
२३ असोज ,सुर्खेत
बुधबार दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङ जिल्लाको धान काटन पुगेका छन। पुर्वी दाङ जिल्ला पार्टीले घाेराही -१६ करौंटे डाँडामा लगाएको धान काटने क्रममा प्रमुख जिल्ला अधिकारी सुवेदी पुगेका हुन ।
उनले नेकपा काे उत्पादन निति आफुलाई मन परेको बताए । नेकपा का कार्यकर्ताले लगाएको धान काटन पाउँदा आफू निकै खुसी भएको बताए ।हँसिलो मुहार लगाएका प्रमुख जिल्ला अधिकारी सुवेदीले उत्पादन नै समृद्धिकाेअभियान भएको बताउँदै अब राजनीतिक दलहरुले हरेक ठाउँमा उत्पादन लाग्नुपर्नेमा जाेड दिए।
नेपाल कम्युनिस्ट पार्टीको आत्मनिर्भर नेता- कार्यकर्ता ,आत्मनिर्भर जनता,र आत्मनिर्भर देश बनाउने उदेश्यका साथ पार्टी उत्पादनमा लागेको पार्टी केन्द्रीय सदस्य तथा पुर्वी दाङकी इन्चार्ज सम्झना सीले बताइन् ।
उनले पार्टीकाे पूर्वी दाङले ६ बिघा जग्गा भाडामा लिएर सी बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर ३ बिघामा धान खेती र ३ बिघामा तोरी खेति गरिरहेकाे जानकारी दिइन् ।
धान काटन पार्टीका पुर्वी दाङका सेक्रेटरी जनक सी ,उत्पादन प्रमुख महान सी,लगायत पार्टी निकट जनवर्गीय संगठनहरुकाे सहभागीता थियोे ।
नेकपाकाे पार्टी निरन्तर उत्पादनमा लागे पनि अषाढ १० गतेदेखि नेता कार्यकर्तालाई अौपचारीक बिदा दिएर सिङ्गो पार्टी उत्पादनमा लागेको थियो ।














प्रतिक्रिया दिनुहोस्