२०८३ भाद्र २७ गते शनिवार

नेकपा सुर्खेतले एक लाख बराबरको राहत संकलन



 

नेकपा सुर्खेतले एक लाख बराबरको राहत संकलन

१९ कार्तिक, सुर्खेत

नेपाल कम्युनिस्ट पार्टि सुर्खेतले जाजरकोट र रूकुम पश्चिमका भुकम्प पिडीतहरुको लागी एक लाख बराबरको राहत संकलन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले भुकम्प पिडीतहरुको लागी शनिबार बाट सुरु गरेको राहत संकलनमा दुईदिनमा एक लाख बराबरको राहत सामाग्री संकलन भएको जिल्ला सेक्रेटरी जित सीले बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज धुर्व सीको नेतृत्वमा सुर्खेतको वीरेन्द्रनगरका व्यावसायी,उद्धमी तथा मनकारी व्याक्तीहरुबाट लत्ता कपडा,रासन लगायतक अन्य सामग्रीहरु राहत संकलन गरिरहेको
कर्णाली संयोजक जगदीशनाथ योगीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार