२०८३ भाद्र ३० गते मङ्गलवार

आधारभूत पत्रकारीता तालिम सम्पन्न



कमल सी
१६ कार्तिक ,सुर्खेत
जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिले आयोजना गरेको आधारभूत पत्रकारीता तालिम आज सम्पन्न भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा साेमबार देखि संचालन भएको तालिम शुक्रबार सम्पन्न भएको हाे ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्यूरो इन्चार्ज बिबेकले पार्टीको समाचार सम्पेषण काे लागि पर्ने खडेरी यो तालिमले अन्य गरेको यसको लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।कार्यक्रम ले परिक्षार्थिमा थप केही महत्त्वपूर्ण ज्ञान दिएको सबैले केही कुरा सिकेको बताए ।
कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर बि क ले परिक्षार्तिलाई सत्य र तथ्य समाचार कसरी लेख्ने सिकाउनु तालिमको मुल उदेश्य रहेको बताए । तालिममा परिक्षार्थि लाई लामाे समय सम्म कसरी टिकाउने भने चुनौती रहेको यसलाई ध्यान दिएर सिकेको कुरा प्रयोगमा ल्याउन सुझाव दिए ।

तालिममा कालिकोट ,दैलेख ,सुर्खेत बर्दिया र बाँके बाट १६ जना परिक्षार्थि उपस्थित भएका थए । तालिमले हामीलाई पत्रकार सम्बन्धि आधारभूत महत्त्वपूर्ण ज्ञान दिएकाे अनुभव सुनाए ।

तालिममा समाचार लेखन्न सम्बन्धि संगठनका केन्द्रीय सचिव बसन्त बि कले तालिम दिनुभयो भने उद्घोषण सम्बन्धि संगठनका केन्द्रीय सदस्य शाेभराज बरालले तालिम दिनुभयो । कार्यक्रम काे अध्यक्षता जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका संयोजक जगदिश नाथ योगिले गरेका हुन ।संचालन रण बिष्ट ( हिमाञ्चल ) ले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार