इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा युवा संगठन नेपाल मध्य कर्णाली व्युराे र अखिल (क्रान्तिकारी ) सुर्खेत जिल्ला समितिले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गर्याे ।
इजरायलमा भएको युद्धमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा आज साँझ युवा संठन नेपाल
मध्य कर्णाली व्युराेले सुर्खेतकाे एरिचाेकमा र अखिल (क्रान्तिकारी ) बिधार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस काे गेटमा दिप प्रज्वलन गरेकाे छ ।
युवा संगठन नेपालकाे आयोजनामा मंगलबार साँझ एरिचाेक सुर्खेतमा इजरायल र हमासबीच भएकाे युद्धमा परि १०जना नेपाली विद्यार्थीहरुले ईजरायलमा ज्यान गुमाएकाविधार्थिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै युवा संगठन नेपाल मध्य कर्णाली व्युराे ईन्चार्ज मिनेश सिले राज्यकाे नीति नियम र स्वदेशमै व्यावसायिक र राेजगारिमुलक शिक्षा सिर्जना नगरेकै कारणले ईजरायलमा हाेनहार नेपाली युवाहरुले ज्यान गुमाउन सरकारलेनै बाध्य बनाएकाे बताएका छन ।
नेपालमै उच्चस्तरीय शिक्षा स्वास्थ्य र राेजगारि जब सम्म राज्यले गर्दैन तब सम्म हजारौं नेपाली युवाहरुले बिदेशमा यसरिनै ज्यान गुमाउन बाध्य हुनु पर्ने भन्दै सरकारले ईजरायलमा फसिरहेका नेपालीहरुलाई यथा सिग्र उद्धार गर्न माग समेत राखेका छन,।
नेपाल कम्युनिस्ट पार्टी सुर्खेत सेक्रेटरी जित सिले विधार्थिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै सरकारलेनै विभिन्न प्रचार प्रसार गर्दै विभिन्न प्रकारका स्किमहरु ल्याएर नेपाली युवहरुलाई प्रलोभनमा पारि कमिक्सनकाे खेलमा विभिन्न याेजना मार्फत नेपाली युवाहरुलाई बिदेश पलाएन गर्दा आज ईजरायमा १०जना नेपाली विद्यार्थीहरुले ज्यान गुमाउनु परेकाे र बैदेशिक राेजगार ,विदेशमा उच्चस्तरीय शिक्षाकाे नाम दिदै दलालहरुले नेपाली युवा युवतीहरुलाई विदेशिएकाेे गुलाम बनाउने र उनिहरुले नै पठायकाे रेमिटेन्स बाट आफू माेजमस्ति गर्ने दलाललाई चेतावनी समेत दिएका छन ।
नेपाली युवाहरुलाई खाडि मुलुक र युरोपेलीहरुकाे गुलामि नबनाउन भन्दै ईजरायलमा फसिरहेका नेपालीहरुलाई उद्धार गर्न जाेड्दार माग गर्दै
नेपालीहरुलाई अब अर्काको गुलाम नबनाउन नेपालमाै रोजगारि शिक्षा ,स्वास्थ्यकाे उचित व्यवस्था गरी नेपालमै बस्ने वातावरणकाे सिर्जना गर्न सरकारलाई जित सिले आग्रह समेत गरेका छन ।














प्रतिक्रिया दिनुहोस्