इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा युवा संगठन नेपालले गर्यो दिप प्रज्वलन ।
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा युवा संगठन नेपाल मध्य कर्णाली व्युरोले दीप प्रज्वलन कार्यक्रम गर्यो ।
इजरायलमा भएको युद्धमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा आज साँझ युवा संठन नेपाल
मध्य कर्णाली व्युरोले सुर्खेतको एरिचोकमा दिप प्रज्वलन गरेको छ ।
युवा संगठन नेपालको आयोजनामा मंगलबार साँझ एरिचोक सुर्खेतमा इजरायल र हमासबीच भएको युद्धमा परि १०जना नेपाली विद्यार्थीहरुले ईजरायलमा ज्यान गुमाई गुमायका थिय ।
विधार्थिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै युवा संगठन नेपाल मध्य कर्णाली व्युरो ईन्चार्ज मिनेश सिले राज्यको नीति नियम र स्वदेशमै व्यावसायिक र रोजगारिमुलक शिक्षा सिर्जना नगरेकै कारणले ईजरायलमा होनहार नेपाली युवाहरुले ज्यान गुमाउन सरकारलेनै बाध्य बनाएको बताएका छन ।
नेपालमै उच्चस्तरीय शिक्षा स्वास्थ्य र रोजगारि जब सम्म राज्यले गर्दैन तब सम्म हजारौं नेपाली युवाहरुले बिदेशमा यसरिनै ज्यान गुमाउन बाध्य हुनु पर्ने भन्दै सरकारले ईजरायलमा फसिरहेका नेपालीहरुलाई यथा सिग्र उद्धार गर्न माग समेत राखेका छन,।
नेपाल कम्युनिस्ट पार्टी सुर्खेत सेक्रेटरी जित सिले विधार्थिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै सरकारलेनै विभिन्न प्रचार प्रसार गर्दै विभिन्न प्रकारका स्किमहरु ल्याएर नेपाली युवहरुलाई प्रलोभनमा पारि कमिक्सनको खेलमा विभिन्न योजना मार्फत नेपाली युवाहरुलाई बिदेश पलाएन गर्दा आज ईजरायमा १०जना नेपाली विद्यार्थीहरुले ज्यान गुमाउनु परेको र बैदेशिक रोजगार ,विदेशमा उच्चस्तरीय शिक्षाको नाम दिदै दलालहरुले नेपाली युवा युवतीहरुलाई विदेशिएकोे गुलाम बनाउने र उनिहरुले नै पठायको रेमिटेन्स बाट आफू मोजमस्ति गर्ने दलाललाई चेतावनी समेत दिएका छन ।

नेपाली युवाहरुलाई खाडि मुलुक र युरोपेलीहरुको गुलामि नबनाउन भन्दै ईजरायलमा फसिरहेका नेपालीहरुलाई उद्धार गर्न जोड्दार माग गर्दै
नेपालीहरुलाई अब अर्काको गुलाम नबनाउन नेपालमौ रोजगारि शिक्षा ,स्वास्थ्यको उचित व्यवस्था गरी नेपालमै बस्ने वातावरणको सिर्जना गर्न सरकारलाई जित सिले आग्रह समेत गरेका छन ।














प्रतिक्रिया दिनुहोस्