२०८३ भाद्र २९ गते सोमवार

विद्यार्थी सँग विप्लव सुर्खेत



बेरोजगार उत्पादन गर्ने शिक्षा हैन अब बैज्ञानिक हुन पर्छ ः महासचिव विप्लव सी

१४ असोज,सुर्खेत

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा बेरोजगार उत्पादन गर्ने शिक्षा नभै राेजगार उत्पादन गर्ने खाेज तथा अनुसन्धान मुल शिक्षा नेपालमा हुन पर्ने बताएका छन ।

आज विहान मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले आयोजना गरेकाे विप्लव सँग आयोजित “विद्यार्थीसंग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो धारणा राखेका थिए।

उनले नेपालका पढ्ने युवा युवतीहरुलाई निरास बनाउने र बेरोजगार उत्पादन गर्ने शिक्षा हाल नेपालमा भएको भन्दै त्यस्तो शिक्षा नीति बदल्नु राज्यले नै जोड दिनु पर्ने बताएका छन ।
महासचिव विप्लवले नेपालमा प्लस टु र व्याजलर गरेका विद्यार्थीहरुलाई विदेश जान रोक्ने र नेपालमै अध्ययन अनुसन्धान गर्ने शिक्षा नीति ल्याउन सरकारसंग आफुले पहल गर्ने विद्यार्थीलाई विश्वास दिलाए ।
कार्यक्रमा विद्यार्थीेहरुले राखेका प्रश्नको जवाफ दिदै महासचिव विप्लवले एक जना चिनियाँले भनेकाे भनाईलाई जाेडेर नेपाल सुनको कचौरा भएको र सुनको कचौरा लिएर नेपालीले भिक माग्ने गरेको भनेर केही समय अगाडि बोलेको कुरालाई उद्धत गदै त्यस्तो नहुन नेपालीहरुलाई आग्रह गरे ।

उनले आफ्नो पार्टीले नेपाललाई केही नयाँ बनाउन चाहेको र त्यो इच्छा शक्ति समेत भएकाले एकपटक नेपालको नेतृत्व गर्ने अवसर प्रदान गर्न अपिल समेत गरेका थिए।

महासचिव विप्लवले भने “हामी यो देशका युवा विद्यार्थीहरुलाई निरास बन्न दिदैनौ । विदेशी हस्तक्षेप पनि स्वीकार गर्दैनौ । ६ करोडलाई खान पुग्ने नेपालको जमिन आज साढे दुई करोड जनतालाइ समेत खान पुग्ने गरी उत्पादन भएको छैन । यो कुराको नेकपाले अन्त्य गर्न चाहान्छ । आत्मनिभर देश,स्वाधीन देश र आत्मनिर्भर जनता बनाउन चाहान्छ ।”
महासचिव विप्लवले कुनै पनि नेपालीले श्रम गर्न लाज मान्न नहने र उत्पादको काममा जुट्नुपर्ने बताए । उनले मध्यपश्चिम विश्वविद्यालयले छोटै समयमा केही राम्रो र नमुनायोग्य काम गरेको भन्दै धन्यवाद समेत दिए ।
उनले विश्वविद्यालयलाई अझै राम्रो गर्न सुझाव दिदै कसैको गलत हस्तक्षेप र गलत निहितका कुनैपनि कार्यका विरुद्ध आफ्नो पार्र्टीे साथ दिन र सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डाक्टर नन्दवहादुर सिंहले हाम्रो देशमा कुसल र केही गर्न सक्ने विप्लव जस्तो नेतृत्व चाहिएको बताए । उनले विश्वविद्यालयमा निकै राजनैतिक हस्तक्षेप हुने गरेको र कुनै पनि हालतमा राम्रो गर्न खोज्दा कसैको पनि गलत दवाव आउछ भने स्वीकार नगर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रम अघि महासचिव विप्लवलाई विश्वविद्यालयका उपकुलपति सिंह लगायतको विश्वविद्यालय परिवारले भव्य स्वागत गरेका गरेको थियोे ।
विश्वविद्यालय परिवारले विश्वविद्यालयले गरेका कामहरुको बारे जानकारी गराउन इन्जिनियरिङ्ग क्याम्पस,शिक्षा,ल,एजुकेशन लगायतका फ्याकल्टिका क्याम्पसहरुको महासचिव विप्लवलाई निरिक्षण गराएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको लागि सहभागिता गरिदिन हुन विश्वविद्यालयका रजिष्टार नारायण पौडेलले निमन्त्रणा गर्नु भएको छ ।

आज विहान उहाँ सहित विश्वविद्यालयका केन्द्रीय क्याम्पसका प्रिन्सिपल जसवीर रोका, साइन्स एण्ड टेक्नोलोजि फ्याकल्टी डिन सुदिप ठकुरी,एजुकेशनल फ्याकल्टिका डिन एम वहादुर कार्की, र ल फ्याकल्टिका डिन सहप्राध्यापक विनय झाले महासचिव विप्लवलाई भेट्दै निमन्त्रणा गरेका हुन ।
भेटमा विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दोक्रममा भएको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुले महासचिव विप्लवलाई समस्या समाधानमा पहल गरिदिन आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार