माेटरसाईकलकाे ठक्कर बाट एक बालककाे मृत्यु
सुर्खेत
सुर्खेतमा आज बिहान माेटरसाईकलकाे ठक्कर बाट ६ बर्षिय बालककाे मृत्युु भएकाे छ।
दैलेख जिल्ला चामुण्डा बिन्द्राशैनि नगरपालिका खिड्कि जिउलाका माेति पुरीका ६ बर्षिय छाेरा मुकेश पुरीकाे आज शनिबार बिहान ८ बजे राेड क्रस गर्ने क्रममा अज्ञात माेटरसाईकलले ठक्कर दिएकाे थियाे ।
उक्त घटना देख्ने प्रतक्षदर्शिका अनुसार १०मिटर पर सम्म माेटरसाईकलले लछारपछार पारेकाे बताएका छन।
घटना भैसके पछि माेटरसाईल चालक फरार भएका छन उनकाे खाेजि कार्य भैरहेका सुर्खेत प्रहरीले बताएकाे छ ।
आफन्तहरुले सडक बन्द गरेर आन्दाेलन गरि रहेका छन ।
प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार














प्रतिक्रिया दिनुहोस्