२०८३ जेष्ठ १४ गते बिहिवार

नेपाल कम्यूनिष्ट पार्टी नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले माघमा राष्ट्रिय सम्मेलन गर्ने।



नेपाल कम्यूनिष्ट पार्टी नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी, माघमा राष्ट्रिय सम्मेलन गर्ने।

असोज २, सुर्खेतक

पिलवस्तुको शिवगढीमा गत भदौ २१ देखि २३ गतेसम्म बसेको अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले माघ १० देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।

यो निर्णयसँगै प्रकाश सीको नेतृत्वमा रहेको अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय समितिलाई २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिका रूपमा रूपान्तरण गरिएको महासचिव ललित सीले जानकारी दिए।

बैठकले सम्मेलनको तयारीका लागि विद्यार्थी नेताहरूको जिम्मेवारी पनि बाँडफाँट गरेको छ।

विभिन्न आठ वटा उपसमितिहरू बनाएर कामको जिम्मेवारी तोकिएको महासचिव ललित सिले बताए।

यस्तै, बैठकले सोही सम्मेलनबाट विद्यार्थी संगठनको नाम फेर्ने निर्णय गर्दै उपयुक्त नामका लागि सुझाव संकलन गर्ने निर्णय पनि गरेको छ।

 

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार