हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारकाे तिज कार्यक्रम नयाँदिल्लीमा सम्पन्न
भारत
यहि १८ सेप्टेम्वर २०२३ तारिक सोमबारको दिन भारतको राजधानी नयाॅं दिल्ली आईटीओ स्थित ईन्दिरा गान्धी इन्डोर स्टेडियममा योगऋषि स्वामी रामदेव जी महाराजको संरक्षण एवम् आयुर्बेद शिरोमणि आचार्य बालकृष्ण जी महाराजको अध्यक्षतामा भारतमा रहेका नेपाली-गोर्खाली समुदायको बिचमा हाम्रो गौरवशाली संष्कृतिको संरक्षण तथा संवर्धन गर्ने उदेश्यले स्थापित एवम् संचालित सामाजिक संस्था हाम्रो स्वाभिमान् ट्रष्ट(पतंजलि हरिद्वार) द्वारा यस बर्ष बिश्वकै सबैभन्दा उत्कृष्ट एवम् भब्य “हरितालिका तीज महोत्सव २०२३” को सफल आयोजना सम्पन्न गरिएको छ।
हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले नेपाली भाषा, साहित्य एवम् संस्कृतिको सम्बर्धन, प्रवर्धन एवं बिकासको लागि कार्य गर्दै आएको छ। यस वर्ष पनि भारतमा रहेका गोर्खाली तथा प्रवासी नेपालीहरुको ऐतिहासिक बिरासत र गौरवसाली धरोहरलाई बिश्वसामु चिनाउने प्रयास स्वरुप नेपालीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर नेपाली समुदायको शिर उचो राख्ने १० जना बिभुतिहरुलाई “हाम्रो गौरव अवार्ड” द्वारा सम्मान गरिएको छ।
1. स्व. दलबीर सिंह लोहार, स्वतंत्रता सेनानी, राजनीतिज्ञ।
2. प्रो. डाॅ. महेन्द्र पी. लामा, शिक्षाबिद्, संस्थापक कुलपति सिक्किम बिश्वविधालय।
3. प्रो. डाॅ. गंगा प्रसाद प्रसाई, मानव संसाधन ब्यवस्थापन बिशेषज्ञ, कुलपति त्रिपुरा बिश्वविधालय।
4. डाॅ. मणिभद्र मुनी जी महाराज, जैन गुरु।
5. डी. बी. क्षेत्री, IAS retired, बरिष्ट प्रशासन अधिकृत एवम् समाजसेवक।
6. ब्रिगेडियर सि बी थापा, एन्टी एयरक्राफ्ट हाइजैक ॲपरेशन कमान्डर, भारतका राष्ट्रपति द्वारा वि.यस.यम तथा बि.ए.आर. पदक।
7. रन्जीत गजमेर, बिश्व बिख्यात संगितकार।
8. बिपना थापा, प्रशिद्द फिल्म अभिनेत्री।
9. बिनोद हुमागाई, संस्थापक वाओ मो:मो:।
10. निरुपम शर्मा, अन्तरिक्ष बैज्ञानिक, ईसरो, सदस्य चन्द्रयान-३।
नयाॅं दिल्लीको आईटिओ स्थित ईन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित उक्त कार्यक्रममा करिब २०,००० को संख्यामा नेपाली भाषिहरुको उपस्थिति रहेको थियो। उक्त महोत्सवमा भारतको संसदमा दार्जिलिंगबाट सांसद राजु बिष्ट तथा भारतका लागि नेपालका राजदुत डाॅ शंकर प्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो।
त्यसैगरि बिशिष्ट अतिथीमा भारतका बरिष्ट पत्रकार श्री रजत शर्मा (प्रधान सम्पादक, इंडिया टिभी) तथा नेपालबाट श्रीमती ज्योत्सना साउॅंद (उपाध्यक्ष, बिश्व हिन्दु महासंघ नेपाल) ज्यूको अनुपम उपस्थिति रहेको थियो।
साथै नेपाल तथा भारतका बिभिन्न संघ संस्थाका प्रतिनिधी हरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो हजारौ दर्शकले भरिपूर्ण अन्तर्राष्ट्रिय स्तरको स्टेडियममा बिश्वमै ख्याति प्राप्त नेपाली युवा कलाकार प्रकाश सपूत एवम् बिश्व बिख्यात नेपाली लोक गायक सिन्धु मल्ल तथा भारतको दार्जिलिंग बाट सनमधुर स्वरकी धनी प्रशिद्ध गायक रुरेखा क्षेत्रीले दर्शक हरुबिच समा बाधेका थिए।
https://youtu.be/BtIyopzJYy8?si=68nnFDLitHcdShnR
उक्त कार्यक्रममा नेपाली-गोर्खाली समुदायबाट “हाम्रो गौरव अवार्ड २०२३” प्राप्त गर्न सफल हाम्रा गौरवहरुलाई स्वामी रामदेव जी महाराज तथा आचार्य बालकृष्ण जी महाराज द्वारा ट्रफि, सर्टिफिकेट एवम् नगद पुरस्कार प्रदान गरि बिशेष अभिनन्दन गरिएको थियो। साथै हाम्रो सवाभिमान् ट्रष्ट लाई बिशेष आर्थिक सहयोग गर्ने प्रतिष्ठित उधोगपति, ब्यापारी तथा बिशिष्ट दानदाता सहयोगिहरुलाई पनि सम्मानित गरिएको थियो।
उक्त कार्यक्रमका प्रमुख अतिथि शर्माले नेपाली समुदायमा तीजको सान्दर्भिकता एवम् महत्वको बारेमा प्रकाश पार्दै भारतको संबिधान द्वारा राष्ट्रिय भाषाको रुपमा मान्यता प्राप्त नेपाली भाषाको बिकाश संगै जातिय एकजुटताको लागि अझै क्रियासिल हुन उपस्थित सबैलाई प्रेरित गर्नुभयो।
साथै अतिथिको रुपमा नेपाली दुतावास बाट … ज्यू ले आफ्नो मन्तब्य राख्नुभयो।
हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले नेपाल बाहिर स्थायी या अस्थायी रुपमा बसोवास गर्ने नेपालीभाषी समुदायलाई आफ्नो भाषा, संस्कृति, साहित्य, संस्कार एवम् गौरवशाली इतिहासको साक्षात्कार गराउदै आ-आफ्नो पेशा ब्यवसाय इत्यादीमा उन्नति प्रगतिको शिखर चढ्दै नेपाली जाति हुनुमा गर्व गर्न सक्ने बातावरण निर्माण गर्न हाम्रो स्वाभिमान ट्रष्ट आफ्नो स्थापना काल देखि नै निरन्तर लागिरहेको; र हालै यस संस्थाको यूरोपबाट UK Chapter सुभारम्भको संगसंगै अमेरिका, अष्ट्रेलिया, जर्मन, जापान, क्यानाडा हुदै बिश्वभरिका नेपालीभाषीहरु बिच यस अभियानलाई पुर्याउने प्रकृया अगाडी बढिसकेको कुराको जानकारी संस्थाका केन्द्रिय मुख्य संयोजक योगगुरु डाॅ. मोहन कार्की ले गराउनु भयो।
आचार्य बालकृष्ण महाराजको अध्यक्षता एवम् स्वामी रामदेवको संरक्षण रहेको हाम्रो स्वाभिमान ट्रष्ट द्वारा आयोजित “हरितालिका तीज महोत्सव २०२३” को कार्यक्रमका संचालक श्री वेद शर्मा, केन्द्रिय प्रभारी(प्रबुद्द प्रकोष्ट) रहनुभएको उक्त कार्यक्रममा केन्द्रिय मुख्य संयोजक योगागुरु मोहन कार्कीले स्वागत मन्तब्य राख्नु भएको थियो।
साथै हाम्रो स्वाभिमान् केन्द्रिय साॅंस्कृती सचिव घनश्याम शर्मा जी ले नेपाली संस्कृतिको जगेर्ना गर्ने उदेश्यले हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले हरेक बर्ष मनाउदै आएको “हरितालिका तीज महोत्सव” यस बर्ष पनि भब्य रुपमा सफल गराइदिनु भएकोमा सम्पूर्ण दाजुभाई तथा दिदि बहिनिहरुमा हार्दिक धन्यबाद ज्ञापन गरेका थिए ।














प्रतिक्रिया दिनुहोस्