२०८३ भाद्र २९ गते सोमवार

क्याम्पस प्रमुख नै आर्थिक अनियमिततामा मुछिए पछि क्याम्पस प्रवेश गर्नमा राेक



क्याम्पस प्रमुख नै आर्थिक अनियमिततामा मुछिए पछि क्याम्पस प्रवेशमा गर्न राेक ।

सुर्खेत

सुर्खेतकाे शिक्षा क्याम्पसमा भ्रष्टाचार भएकाे भन्दै विभिन्न विद्यार्थीले संगठनले लगाएकाे ताला खुल्ने सहमति भएकाे छ।

BBS र B.Ed लगायत सम्पूर्ण शिक्षा संकायका विद्यार्थीहरु बाट बार्षिक र परीक्षा फि भन्दै उठाएकाे शुल्क पार्दर्शिक नहुदा केहिदिन पहिले देखि साे शिक्षा क्याम्पसका विद्यार्थी संगठनहरुले ताला बन्दी गरेका थिय।

बहुमुखी क्याम्पसकाे आम्दानी शाखा बाट ८लाख ४५ हजार ५५५ पाँच सय पच्पन्न रुपैया हिनामिना भएकाे र क्याम्पसमा भ्रष्टाचार मैलाउदै गएकाे भन्दै २०८०/४/२५ गते देखि निर्तर आन्दोलनमा उत्त्रिएका विद्यार्थीहरुले प्रशासन शाखा, पुस्तकालय ,लेखा शाखा ,र क्याम्पस प्रखमुकाे कार्य कक्षमा तालाबन्दी गरेका थिय।

विद्यार्थी आन्दोलनकाे बलमा क्याम्पसमा भएकाे आर्थिक अनियमितता र भ्रष्टाचारकाे छानविगर्नका लागि त्रिभुवन विश्वविद्यालय बाट ४ सदस्यीय छानवीन समिति गठन गरि छानवीन प्रक्रिया अगाडि बढाउने भएकाेले र उक्त समितिलाई निष्पक्ष रुपमा छानवीन गर्ने र विद्यार्थीहरुका मागहरु पुरा गर्ने प्रतिवद्धता क्याम्पस र छानवीन समिति बिच सहमति भए पछि विद्यार्थी संगठनहरुले सम्पुर्ण शाखाका तालाहरु आज खाेलेका छन ।

क्याम्पस प्रमुख माधव प्रशाद खनाललाई छानबिनको प्रतिवेदन नआउदा सम्म क्याम्पसमा उपस्थिति नहुने गरि निर्णय गरिएकाे अखिल क्रन्तिकारि( विप्लव )का जिल्ला ईन्चार्ज कमल सि र अखिल क्रन्तिकारि बहुमुखी क्याम्पस ईन्चार्ज तथा प्रदेश सचिवालय सदस्य हिक्मत शाहीले जानकारि दिएका छन।

क्याम्पस प्रमुखलाई विद्यार्थी संगठनहरुले पहिले देखि नै यस्तै अनियमितता गर्दै आएकाे आराेप लगाउदै आएका थिय।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार