विद्यार्थी आन्दोलनमा लाग्दा एक वर्ष जेलअनि देश नकाला
कमल कुमार शाही
स्वाभिमान खबर
भ्लादिमिर इलिच उल्यानोभ, जसलाई लेनिन भनेर चिनिन्छ, सन् १९१७ को रुसी क्रान्तिका प्रमुख व्यक्तित्व र सोभियत संघका पहिलो नेता थिए। रुसको सिम्बिर्स्कमा अप्रिल २२, १८७० मा जन्मेका लेनिन मध्यमवर्गीय परिवारमा हुर्केका थिए। उनका बुबा एक स्कूल इन्स्पेक्टर र कार्ल मार्क्सको क्रान्तिकारी विचारका भक्त थिए। यो पालनपोषणले लेनिनको राजनीतिक विश्वास र बोल्सेभिक आन्दोलनमा उनको अन्तिम भूमिकालाई ठूलो प्रभाव पारेको थियो।

“एक रुसी वकिल, क्रान्तिकारी, राजनीतिज्ञ र राजनीतिक सिद्धान्तकार जसले सोभियत संघको सरकारको पहिलो संस्थापक प्रमुखको रूपमा सेवा गरे।”
आफ्नो युवावस्थामा, लेनिनका जेठा भाइ, अलेक्जेन्डर, जार अलेक्ज्याण्डर को हत्या गर्ने षड्यन्त्रमा संलग्न भएको आरोप लगाउदै मृत्युदण्ड दिइएको थियो। यस घटनाले लेनिनमा गहिरो प्रभाव पारेको थियो, उनको क्रान्तिकारी जोश र निरंकुश शासनलाई परास्त गर्ने प्रतिबद्धतालाई बढावा दियकाे थियो।
लेनिनले काजान स्टेट युनिभर्सिटीमा कानूनको अध्ययन गर्दै गर्दा उनले वामपन्थी राजनीतिक गतिविधिहरूमा संलग्न भएका थिय। उनले माक्सवादमा गहिरो चासो राख्दै माक्र्सवादलाई विकास गर्दै विभिन्न क्रान्तिकारी संगठनहरूमा सामेल भए।
1895 मा, लेनिन क्रान्तिकारी गतिविधिहरूमा संलग्न भएको कारण साइबेरियामा निर्वासित गरियाे र पछि विश्वविद्यालयबाट निष्कासन समेत गरियकाे थियोे ।

1900 मा निर्वासनबाट मुक्त भएपछि, लेनिन विदेश गए र पश्चिमी युरोपकाे स्विट्जरल्याण्डमा गयर बस्न थाले। त्यहाँ, उनले रुसी श्रमिक र बुद्धिजीवीहरू बीच समाजवादी विचारहरू संगठित र प्रवर्द्धन गर्न अथक प्रयास गरे। 1903 मा, लेनिनले रूसी सोशल डेमोक्रेटिक लेबर पार्टीलाई बोल्सेभिक र मेन्सेभिकहरूमा विभाजन गर्नउनलेमहत्त्वपूर्ण भूमिका खेले।
फेब्रुअरी क्रान्तिपछि सन् १९१७ मा लेनिन रुसमा फर्के, र जारवादी शासनलाई परास्त गन्ने ठुलाे भुमिका देलेका थिय उनले अक्टोबर क्रान्तिमा बोल्सेभिक पार्टीको नेतृत्व गर्ने अवसरलाई सदुपयोग गरे, जसले सफलतापूर्वक अस्थायी सरकारलाई पराजित गर्यो र रूसमा समाजवादी सरकारकाे स्थापना भयाे।
नयाँ सोभियत राज्यको नेताको रूपमा, लेनिनले कट्टरपन्थी नीतिहरूको एक श्रृंखला लागू गरे। उनले समाजवादी समाज स्थापना गर्ने लक्ष्य राख्दै उद्योग राष्ट्रियकरण र जग्गाको पुनर्वितरण गर्दै अर्थतन्त्रलाई पुनरुत्थान गर्न नयाँ आर्थिक नीति (NEP) पनि ल्याउनुभयो, मुख्य रुपमा उद्योगहरूमा राज्यको नियन्त्रण कायम राख्दै सीमित निजी उद्यमिहरूलाई अनुमति दियका थिय।
तर, लेनिनको राजनैतिक करियर स्वास्थ्य समस्याका कारण घट्दै गयाे र सन 1922 मा, उहाँले ( स्ट्रोक ) अर्थात हृदयाघात) को सामना गर्नु पर्याे जसले उहाँलाई आंशिक रूप देखि पक्षाघातले छाड्न सकेन आखिर लेनिनको 21 जनवरी, 1924 मा 53 वर्षको उमेरमा मृत्यु भयो।
उनको शवलाई मस्कोको रेड स्क्वायरमा एक महिना लगाएर लेनिनको स्थायी समाधीस्थल बनाइयो। लेनिनको पार्थीव शरीर सदाका लागि त्यहाँ प्रदर्शनमा राखियो। तर द्वितीय विश्वयुद्धको चार वर्ष भने उनको पार्थीव शरीर साइबेरिया लगिएको थियो।
लेनिनको विरासत जटिल र विवादास्पद छ। उनलाई बोल्सेभिक क्रान्तिको नेतृत्व गर्ने र सोभियत संघको जग बसाल्ने एक कर्मठ नेताको रूपमा धेरैले लिने गरेका छन।
सन् १९९१ मा सोभियत संघको पतन भए पनि मार्क्सवादी र समाजवादी विचारमा लेनिनको प्रभाव निकै महत्वपूर्ण रहेको मानिन्छ ।
मस्कोको रेड स्क्वायरमा एक महिना लगाएर लेनिनको स्थायी समाधीस्थल बनाइयो। लेनिनको पार्थीव शरीर सदाका लागि त्यहाँ प्रदर्शनमा राखियो। तर द्वितीय विश्वयुद्धको चार वर्ष भने उनको पार्थीव शरीर साइबेरिया लगिएको थियो।
तेसैले २२ अप्रिलकाे दिनलाई विश्वभरका कम्युनिस्टहरुले लेनिन दिवसको रुपमा मनाउने गर्छन्।















प्रतिक्रिया दिनुहोस्