२०८२ चैत्र १९ गते बिहिवार

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ



पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
कमल कुमार शाही
स्वाभिमान खबर, चैत १४
काठमाडौं । नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन्। प्रहरी टोलीले उनलाई भक्तपुरको गुन्डुस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले विशेष अपरेशनमार्फत उनलाई पक्राउ गरेको हो। यसअघि नै ओली निवास वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो र बिहानैदेखि निगरानी बढाइएको थियो।
पक्राउको पृष्ठभूमि
पूर्व प्रधानमन्त्री ओलीमाथि गत वर्ष भएको ‘Gen Z’ आन्दोलनका क्रममा भएको हिंसात्मक घटनासँग सम्बन्धित आरोपहरू लाग्दै आएका छन्। ती आन्दोलनमा ७६ जना नागरिकको ज्यान गएको थियो र हजारौँ घाइते भएका थिए।

गौरी बहादुर कार्की आयोगको छानबिन समितिले सो घटनामा ओलीसहित तत्कालीन गृहमन्त्री र सुरक्षा निकायका उच्च अधिकारीहरूलाई जिम्मेवार ठहर गर्दै कानुनी कारबाही सिफारिस गरेको थियो।

नयाँ सरकार गठन भएसँगै मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।
निवासमै प्रहरी घेरा
पक्राउ अघि नै ओलीको निवास वरिपरि कडा सुरक्षा व्यवस्था गरिएको थियो। प्रहरी बिहान करिब ४:४० बजे नै पक्राउ पुर्जी लिएर पुगेको बताइएको छ।
अब के हुन्छ?
ओलीलाई अदालतमा पेश गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। कानुनी प्रक्रियाअनुसार आरोप प्रमाणित भएमा उनीमाथि कडा कारबाही हुन सक्ने सम्भावना छ।

प्रकाशित मिति : २०८२ चैत्र १४ गते शनिवार