२०८३ भाद्र २७ गते शनिवार

चन्दले रोल्पाको थुनिकोट मतदान केन्द्रमा पुगेर गरे मतदान



चन्दले रोल्पाको थुनिकोट मतदान केन्द्रमा पुगेर गरे मतदान
कमल कुमार शाही
स्वाभिमान खबर, फागुन २१

रोल्पा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (क. विप्लव) ले रोल्पाको थुनिकोटस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मतदाता गरेका छन्। उनले परिवर्तन गाउँपालिका–३ थुनिकोटमा रहेको श्री बाल शिक्षा माध्यमिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

बिहानै मतदान केन्द्रमा पुगेका चन्दले पहिलो मत खसाल्दै मतदान प्रक्रियामा सहभागिता जनाएका थिए। मतदान केन्द्रमा पुगेका उनले सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीसँग सामान्य छलफल गर्दै शान्तिपूर्ण रूपमा आफ्नो मताधिकार प्रयोग गरेका थिए।

मतदानका क्रममा स्थानीय मतदाताको पनि उल्लेख्य उपस्थिति देखिएको थियो। बिहानदेखि नै मतदाता मतदान केन्द्रमा पुगेर पालो अनुसार आफ्नो मत खसालिरहेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिवसमेत रहेका चन्दले मतदानपछि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सबै मतदातालाई आग्रह गरेका छन्। नागरिकको सक्रिय सहभागिताले लोकतन्त्रलाई अझ मजबुत बनाउने उनको भनाइ छ।

स्थानीय प्रशासनका अनुसार रोल्पाका विभिन्न मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ। निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार