नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव सुर्खेतमा कार्यकर्ताले गरे स्वागत
कमल कुमार शाही
स्वाभिमान खबर, मंसिर १२
सुर्खेत— कर्णाली प्रदेशको आन्तरिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीलाई जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताले गुलाफको फूल, माला र अबिरले भव्य स्वागत गरेका छन्।

स्वागतपछि महासचिवले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै बाह्य प्रचार र असन्तुष्टिबारे स्पष्ट गर्दै केही पूर्व–माओवादी साथीहरूको गतिविधिले माओवादी आन्दोलनको गौरव र मर्म धमिलिएको बताए।

उहाँले पार्टी एकताको बिषयमा स्पष्ट पार्दै माओवादी केन्द्र का करिब ८० प्रतिशत कार्यकर्ता एकताको पक्षमा भए पनि २० जिम्मेवार नेताले एकता नचाहेको आरोप लगाउनुभयो । जनयुद्धका जिम्मेवार नेताको व्यातिगत स्वार्थ का कारण नयाँ पुस्तामा अविश्वास बढ्न सक्ने चेतावनी दिंदै उनले कम्युनिष्ट आन्दोलन बलियो बनाउन संगठनात्मक छलफल आवश्यक रहेको बताउनुभयो।

उनले सिद्धान्त र लक्ष्य हावामा उड्ने कुरा नभएको उल्लेख गर्दै “अलमल पर्दा दिशानिर्देशन दिनु पार्टीको दायित्व हो” भने। काठमाडौँ फर्केपछि राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गरी सर्वपक्षिय सरकारको माग गर्दै राजनीतिक संवाद अगाडि बढाइने जानकारी पनि उनले दिए।
कार्यक्रममा प्रदेश र जिल्ला तहका कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता थियो।
स्वागत कार्यक्रमको संचालन जिल्ला इन्चार्ज एटम सीले गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्