सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित : कर्णाली याक्स ४५ रनले पराजित
कमल कुमार शाही
स्वाभिमान खबर, असोज ८
सुदूरपश्चिम रोयल्सले एनपीएल–२०२५ अन्तर्गत आज भएको रोमाञ्चक खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको रोयल्सले आजको खेलमा पनि मजबुत बलिङ र संयमित ब्याटिङको बलमा विजयी नतिजा हात पारेको हो।
आजको खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो ब्याटिङ गर्दै २० ओभर मा १४० रनको टार्गेट दिएको थियो भने कर्णाली याक्सले १९.२ ओभर बलिङ गर्दा १० विकेट को क्षेतीमा नपुग्दै ९४ रनमा समेटिएको थियो। पिच कठिन देखिएको आजको खेलमा ब्याट्सम्यानहरूले ठूलो स्कोर बनाउन नसके पनि बलिङ विभागले खेल जिताइदियो
। सुदूरपश्चिमका बलरहरूले कर्णालीका ब्याट्सम्यानलाई एकपछि अर्को गर्दै पेभिलियन फर्काउँदै मात्र ९४ रनमै समेटिदिए।
स्कोरकार्ड अनुसार स्कट कुग्गेलिजन, दिपेन्द्र सिंह ऐरी, हेमन्त धमि, हरमित सिंह, नरेन साउँद र अभिनास बोहराले शानदार स्पेल हान्दै कर्णालीलाई खेलभरि दबाबमा राखे।
स्कट कुग्गेलिजन – ४ ओभरमा २ विकेट
दिपेन्द्र सिंह ऐरी – ४ ओभरमा १ विकेट
हेमन्त धामी – ४ ओभरमा १ विकेट
हरमित सिंह – २ ओभरमा १ विकेट
नरेन साउँद – ४ ओभरमा २ विकेट
अभिनास बोहरा – १.२ ओभरमा १ विकेट
सबै बलरहरूबाट उत्कृष्ट टिम–इफर्ट देखिएपछि कर्णाली याक्स १९.२ ओभरमै अलआउट भयो।
लगातार तीन खेलमा जित दर्ता गरेसँगै सुदूरपश्चिम रोयल्स अंक तालिकामा मजबुत स्थितिमा उक्लिएको छ। बलिङ लाइन–अप अझै बलियो हुँदै गएको रोयल्सले आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्ने संकेत दिएको छ।
कर्णाली याक्सले भने आजको हारबाट महत्वपूर्ण सिकाइ लिँदै आगामी खेलमा पुनरागमन गर्ने बताएको छ।
सुदूरपश्चिम रोयल्सको यो जितले टोलीलाई प्ले–अफको दौडमा अझै बलियो बनाइदिएको छ।














प्रतिक्रिया दिनुहोस्