प्रचण्डले माओवादी केन्द्र छोडे, विप्लवले ‘माओवादी’ नाममा नयाँ पार्टी दर्ता गरे
कमल कुमार शाही
स्वाभिमान खबर , असोज २। काठमाडौं
नेपालको वाम राजनीतिमा देखिएको बिशेष घटनाले फेरि नयाँ ध्रुवीकरणको संकेत दिएको छ। एकातिर माओवादी आन्दोलनको प्रमुख नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र परित्याग गरेका छन् भने अर्कोतर्फ नेत्रविक्रम चन्द ‘विप्लव’ ले ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी)’ दर्ता गराउँदै वैधानिक राजनीतिमा सशक्त पुनरागमन गरेका छन्।
दुवै कदमले वाम राजनीतिमा तीव्र बहस जन्माएको छ। विश्लेषकहरूका अनुसार नेपाल ‘नयाँ–माओवादी युग’ को नयाँ मोडमा प्रवेश गरिरहेको छ।
विप्लवले पाएं दल दर्ता प्रमाणपत्र, ‘नयाँ विश्वास’ र ‘नयाँ अभियान’ घोषणा

मंगलबार निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नाममा दल दर्ता प्रमाणपत्र विप्लवलाई हस्तान्तरण गरेको छ। भने चुनाव चिन्ह गुलाफको फूल दिएको छ।
प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी अब ‘नयाँ विश्वास’ र ‘नयाँ अभियान’ सहित जनतामा जाने बताउँदै यस्तो भने—
“जनताको अधिकारका लागि नेकपा माओवादी नयाँ विश्वास र नयाँ अभियानसँगै अगाडि बढेको छ। अब नयाँ अभियान सुरु भयो। भोलिदेखि विशेष अभियानमा लाग्न सबै नेता–कार्यकर्तालाई आग्रह गर्छु।” उनले विगतमा जस्तै अब पनि पार्टी जनतामै रहने बताए।
विप्लवले आगामी चुनावबारे पनि स्पष्ट संकेत दिए—
“चुनाव हुन्छ। सर्वपक्षीय अन्तरिम सरकार बन्यो भने सबै दललाई समेटेर निर्वाचनमा जान सक्छौँ भन्ने हाम्रो विश्वास छ।”
भ्रष्टाचारविरुद्ध जेनजी अभियानको प्रशंसा
विप्लवले पछिल्लो समय सोशल मिडिया र सडकमा चलेको जेनजीको भ्रष्टाचारविरुद्धको विद्रोहलाई धन्यवाद दिँदै अब सबै राजनीतिक शक्ति मिलेर भ्रष्टाचारीलाई जेल हाल्नुपर्ने बताए।
फेरि पुरानै धारमा, चुनाव चिन्ह ‘गुलाफ’

विप्लवले कात्तिक ११ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।
करिब ३० वर्षपछि उनी पुनः ‘माओवादी’ वैचारिक धार मा औपचारिक रूपमा फर्किएका हुन्।
दर्ता गरिएको दलले चुनाव चिन्ह ‘गुलाफको फूल’ पाएको छ, जसलाई उनले ‘क्रान्तिको कोमलता र परिवर्तनको सन्देश’को प्रतीक भनेका छन्।

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपाल’ का बीच बुधबार काठमाडौँको राष्ट्रियसभा गृहमा पार्टी समायोजन कार्यक्रममा नेपाली काम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
यसैबीच माओवादी आन्दोलनका उद्गाता मध्येका एक प्रचण्डले माओवादी केन्द्र छोडेको घोषणा गर्दै नयाँ राजनीतिक संरचना निर्माणतिर अगाडि बढेको छन्। भने नेपाली कम्यूनिष्ट पार्टी मा आवद्ध १२ दललाई मिलाएर चुनाव चिन्ह पाँच कुना भएको तारा सहित बृहत कम्यूनिष्ट पुनर्निर्माण अभियानमा लागेका छन्।
उनले भनेका छन्—
“माओवादी आन्दोलन नयाँ ढङ्गले पुनर्संरचना गर्ने निर्णायक घडी आएको छ। पुराना संरचना अब परिवर्तनकारी भूमिकामा सक्षम छैनन्, त्यसैले म नयाँ बाटोमा जाँदैछु।”
उहाँको यो निर्णयले माओवादी केन्द्र आन्तरिक रूपमा कमजोर मात्र नभई वाम राजनीति नै पुनः रेखांकन हुन लागेको संकेत दिएको छ।
राजनीतिक विश्लेषक: ‘दुवै घटनाले वाम समीकरण पूर्ण रूपमा बदलिन्छ’
राजनीतिलाई नयाँ अध्यायमा पुर्याएको छ। अब वाम शक्ति दुई भिन्न ध्रुवमा पुनः संगठित हुँदैछ।”
प्रचण्ड नयाँ एकीकृत वाम मोर्चा निर्माणतिर जान सक्छन्,
विप्लव कठोर–वाम वैचारिक धारका वैधानिक केन्द्र बन्ने सम्भावना बढेको छ,
पुराना माओवादी कार्यकर्तामाझ फेरि नयाँ विकल्पको खोजी सुरु भएको छ।
“अबको राजनीति ‘माओवादी–पश्चात् पुनर्संरचना’ को चरणमा छ। यी घटनाले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्नेछ।”
प्रचण्डले पुरानो पार्टी छोडेर नयाँ संरचना निर्माणतिर लाग्नु र विप्लवले दशकलगत्तै ‘माओवादी’ नाममा नयाँ पार्टी दर्ता गरेपछि—नेपाली वाम राजनीति इतिहासको एक निर्णायक मोडमा प्रवेश गरेको छ।
विप्लव ‘नयाँ अभियान’ सहित जनताभिमुख यात्रा सुरु गर्दैछन्, प्रचण्ड भने नयाँ राजनीतिक पुनर्गठनको बाटोतर्फ अग्रसर छन्।
आगामी राजनीतिक घटनाक्रमले कुन धार बलियो बन्छ भन्ने निर्धारण अब जनताले गर्ने छन।













प्रतिक्रिया दिनुहोस्