भ्रष्टाचार छ भने छानबिन दाजु पूर्णबहादुरबाट सुरुहोस् : डा. डम्बर खड्का
कमल कुमार शाही
स्वाभिमान खबर , असोज ८
जेन जि आन्दोलनका क्रममा आफ्नो घर जलाइएपछि डा. डम्बर खड्काले मंगलबार बिहान जलेको घरको अगाडि उभिएर पत्रकारहरूसँग गुनासो पोख्दै स्पष्ट प्रतिक्रिया दिएका छन्।
५० वर्षसम्म डाक्टर पेशामा सेवा गरेर समाजलाई योगदान दिएका डा. खड्काले आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेर व्यक्तिगत सम्पत्ति नष्ट पारिनु दुःखद भएको बताए। उनले भने, “मैले आधा शताब्दी समाजलाई सेवा गरेँ। मेरो पसिनाले बनेको घर आज जलेर खरानी भएको छ। यदि कसैले मलाई भ्रष्टाचार गरेको देखछ भने त्यसको छानबिन मेरो दाजु पूर्णबहादुर खड्काबाट सुरुहोस्।”
डा. खड्काले आन्दोलनकारीलाई लक्षित गर्दै कठोर शब्द प्रयोग गर्दै भने, “जसरी अन्धाधुन्ध आगजनी र तोडफोड गरिन्छ, त्यो स्वस्थ मानसिकताको लक्षण होइन। यस्तो कार्य गर्नेहरू अब उनिहरु मानसिक रोग सरहका हुने छन् ।”
डाक्टरको पृष्ठभूमि र संघर्षको कथा

माया नर्सिङ हाेम प्रा लि
वीरेन्द्रनगरमा आफ्नो पुस्ता धेरै पहिले देखि बस्दै आएको आफू पनि यहीं जन्मेको यहाँको रैथाने वासिन्दा भएको आफ्नो पुर्खाले दु ख गरेको र केही बिगाहा जमिन पैत्रिक सम्पत्ति पनि आफू संग भएको डा. खड्काले बताउनुभयो । हिजो SLC सके सँगै आफ्नो जीवनमा दु ख ,संघर्ष काे बाटो सुरु गरेको स्मरण गरे। उनले भने, “मैले विद्यार्थी जीवनमै मेहनतको बाटो रोजेँ। त्यसपछि वीरेन्द्रनगर मा मेडिकल क्लिनिक सुरु गरे जाे अहिलेकाे माया नर्सिङ सुर्खेतकै सबैभन्दा पुरानो मेडिकल क्लिनिक मेरै हाे । दिनरात नभनी कर्णालीको स्वास्थ्य क्षेत्रमा सेवा गरेँ। अहिलेको प्रदेश अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाए राज्यले राम्रो काम गरेकाले मलाई सम्मान गरेको छ यो सम्मान कुनै शक्ति वा कुनै गलत तरिकाले प्राप्त गर्ने हाे र उनलेे प्रति प्रश्न गरे र भने ।
उनले वीरेन्द्रनगरमा पछिल्लो समय आएका र संघर्ष नगरी छिट्टै सफलता र धेरै सम्पत्ति खोज्ने प्रवृत्तिलाई लक्षित गर्दै आफ्नो जीवनकथा बुझ्न सुझाव दिए। “सम्पत्ति र प्रतिष्ठा प्राप्त गर्न संघर्ष, मेहनत र समय चाहिन्छ। यो कुरा बुझ्नुपर्ने बेला आएको छ,” उनले जोड दिए।
दाजु पूर्णबहादुरबारे टिप्पणी
डा. खड्काले आफ्नो दाजु पूर्णबहादुर खड्काबारे पनि उल्लेख गर्दै भने, “मेरो दाजु नेपाली कांग्रेसका उपसभापति र पूर्वमन्त्रीसमेत हुन्। उनले आजसम्म आफ्नै व्यक्तिगत गाडीसमेत किनेका छैनन्। यदि उहाँले भष्ट्रचार गरेको छ भने छानबिन गर्नै छ भने उहाँबाट सुरु गर्नुस्।”
क्षतिपूर्ति र न्यायको माग
डा. खड्काले सरकारलाई घटनाप्रति गम्भीर भएर दोषीलाई कानुनी कठघरामा ल्याउन आग्रह गरे। साथै, आफ्नो जीवनभरको कमाइ र पसिनाले बनेको घर जलाइएको घटना केवल व्यक्तिगत मात्र नभई पेशागत अपमानसमेत भएको बताए।
जेन जीले उठाएका मुद्दामा आफू सहमत भएको तर आन्दोलनको नाममा जुन प्रकारको अमानवीय , हिंसात्मक गतिविधि भए त्यसको राज्यले कानुनी कारबाही गर्नुपर्ने आगामी दिनमा यस्ता क्रियाकलाप हुन नदिनुपर्ने सरकारले पहल गर्नुपर्नेमा सुझाव दिए ।













प्रतिक्रिया दिनुहोस्