जेन जि आन्दोलनमा सहादत दिने बझाङका दुई युवालाई दीपप्रज्वलन गर्दै श्रद्धाञ्जली
कमल कुमार शाही
स्वाभिमान खबर, भदौ २७, बझाङ
जेन जि आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने बझाङकाद युवा भिमराज धामी र सुबास बोहराको सम्झनामा शनिबार साँझ धनगढीकाे व्याम्पस चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ठूलो संख्यामा युवा, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उपस्थित भई दुवै शहिदलाई श्रद्धाञ्जली अर्पण गरिएको छ।
उनीहरुको सम्झनामा दियो बाल्दै सहभागीहरुले भने, “अँध्यारो रातलाई जसरी दियोले चिर्छ, त्यसरी नै शहिदहरुको बलिदानले देशलाई उज्यालो बनाउँछ।” उपस्थितहरुले सहादतलाई व्यर्थ हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै शहिदहरुको योगदानलाई युगौंसम्म स्मरण गरिरहने बताएका थिए।
कार्यक्रममा सहिदका आफन्त बझाङका युवा नेता कमल सीले धामी र बोहराले देखाएको साहस र बलिदानको कदर गर्दै नयाँ पुस्ताले न्याय, समानता र सुन्दर नेपालको सपना पूरा गर्न अझ दृढताका साथ अघि बढ्ने उल्लेख गरे। उनीहरुले भने, “कसैलाई पनि सहादतको व्यापार गर्न दिइने छैन। यो बलिदान केवल आजका लागि होइन, सदाका लागि प्रेरणा हो।”
कार्यक्रमस्थल व्याम्पस चोकमा नेपालकाे झण्डाको आकृति बनाएर दियो बालिएको थियो।
सहभागी युवाहरुले शहिदहरुको तस्बिर बोकेर मौन धारण गरेका थिए। वातावरण भावुक बनेको थियो भने उपस्थित स्थानीयले आँसु झार्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
दीप प्रज्वलन कार्यक्रममा सहभागी सम्पूर्ण युवा, स्थानीय बासिन्दा र समुदायप्रति आयोजक समितिले हार्दिक धन्यवाद प्रकट गरेको छ।
स्वाभिमान खब













प्रतिक्रिया दिनुहोस्