सुर्खेतमा विप्लव सीको ठोकुवा : ‘नयाँ आन्दोलन र समाजवाद नै नेपालको विकल्प’
कमल कुमार शाही
स्वाभिमान खबर ,साउन ३१ , सुर्खेत
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ सीले देशलाई निकास दिन नयाँ आन्दोलन जरुरी भएको बताएका छन्।
अखिल (समाजवादी) र युवा संगठन नेपाल कर्णाली प्रदेशद्वारा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक संकट, अस्थिरता र जनतामा बढ्दो निराशाको निकास समाजवाद बाहेक अरू हुन नसक्ने दाबी गरे।
उनले भने, “कम्युनिस्ट आन्दोलनलाई पुनः संगठित गर्नुको विकल्प छैन। पुराना नेताहरूको योगदानलाई सम्मान गर्दै हामीले नयाँ पुस्तासँग मिलेर समाजवादी मार्ग रोज्नुपर्छ।”

समाजवाद र नेपाली विशेषता
महासचिव विप्लवले नेपालमा विदेशी मोडलभन्दा फरक, जनतासँग मेल खाने नेपाली विशेषताको समाजवाद आवश्यक रहेको उल्लेख गरे। नेकपाले अघि सारेको नीतिलाई त्यसकै आधारमा व्याख्या गर्दै उनले “समाजवादी व्यवस्थाका लागि ध्रुवीकरण (एकता र लक्ष्यमा स्पष्टता) अपरिहार्य” भएको स्पष्ट पारे।
वर्तमान राजनीतिक पृष्ठभूमि

हाल नेपालमा मुख्य राजनीतिक दलहरू—नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र—सत्ता र शक्ति समीकरणमा केन्द्रित रहेको आलोचना हुँदै आएको छ। विप्लवको भनाइलाई कतिपयले यिनै दलहरूको असफलताप्रति असन्तुष्टि र वैकल्पिक शक्तिको खोजीको रूपमा व्याख्या गरेका छन्।
विशेषगरी युवापुस्तामा बेरोजगारी, भ्रष्टाचार र नेतृत्वप्रति अविश्वास बढ्दै गएको बेला विप्लवले समाजवाद र नयाँ आन्दोलनको एजेन्डा उठाउनु जनसमर्थन बटुल्ने रणनीति पनि मानिन्छ।
अन्य दलसँग तुलना

जहाँ प्रमुख दलहरू विकास र समृद्धिको नारा दिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने कुरा गरिरहेका छन्, त्यहाँ विप्लवले समाजवादी ध्रुवीकरणको आवश्यकतामा जोड दिएकोले नेपालको राजनीति फेरि बामपन्थी ध्रुवीकरणतर्फ जाने संकेत देखिएको विश्लेषकहरूको टिप्पणी छ
“राज्यका नीतिबाटै समाजवाद सम्भव छ” — उपकुलपति गौतम

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले समाजवादको अभ्यास राज्यका स्पष्ट नीतिबाटै सम्भव हुने बताएका छन्।
‘समाजवादका लागि नयाँ पुस्ता’ अन्तरक्रिया कार्यक्रममा उनले चीनको उदाहरण दिँदै उत्पादन र राजस्व वृद्धि मार्फत राज्यका संस्थालाई सबल बनाउन सकिने बताए।
उनका अनुसार कतिपय मुलुकमा औपचारिक समाजवाद नभए पनि नागरिकलाई शिक्षा, स्वास्थ्य, आधारभूत आवश्यकता र उत्पादनका लागि जमिन निशुल्क उपलब्ध गराई समाजवादको अनुभूति दिलाइएको उदाहरण छन् उनले भने । माओवादी केन्द्र निकट विश्वविद्यालयका प्राध्यापक लक्ष्मण सिंहले हिजोका माओवादी निकट सम्पूर्ण पार्टीलाई एक भए र अगाडि बढनुपर्ने बताउनुभयो ।।
सुर्खेतमा गरिएको उक्त अन्तरक्रियाबाट विप्लव सीले स्पष्ट सन्देश दिएका छन्—नेपालको समस्याको दीर्घकालीन समाधान समाजवाद र नयाँ आन्दोलनमै छ। अब प्रश्न भनेको, जनताले विशेष गरी युवापुस्ताले उनको यो विचारलाई कत्तिको साथ दिन्छन् भन्ने हो।
कार्यक्रम मा पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशील सीले मन्तव्य राख्नुभएको थियोे भने पार्टीका पाेलिट व्यूराे सदस्य केन्द्रीय कमिटी सदस्य लगायत नेता कार्यकर्ता विद्यार्थी, युवा शिक्षक बुद्धिजीवी , व्यापारी पत्रकार लगायत आम जन समुदायको उल्लेख उपस्थिति रहेको थियोे ।
सुवास सीकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन प्रकाश सी ले गर्नुभएको थियोे ।भने अखिल क्रान्तिकारी का प्रकाश बि कले मन्तव्य राख्नुभएको थियोे विप्लव सीलाई युवा तथा विद्यार्थी र पत्रकारले प्रश्न तथा जिगासा राख्नुभएको थियोे कार्यक्रम काे समापन मिनेश सीले गर्नुभएको थियोे ।
कार्यक्रम का केही तस्बिरहरू






















प्रतिक्रिया दिनुहोस्